मंगलाको कुकुरबिसौनामा स्वास्थ्य इकाई

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी ः म्याग्दीको मंगला गाउँपालिका–२ कुकुरबिसौनामा मंगलबार सामुदायिक स्वास्थ्य इकाई स्थापना भएको छ ।

वडा स्तरको स्वास्थ्य संस्थामा पुगेर सेवा लिन अपायक पर्ने कुकुरबिसौनाका बासिन्दाहरुलाई गाउँमै सहज रुपमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले इकाई स्थापना गरिएको हो ।
भाडाको घरमा स्थापना भएको इकाईमा गाउँपालिकाले एक÷एक जना अहेव र अनमी खटाएको छ । इकाईबाट एक सय ३० घरपरिवार लाभान्वित भएका मंगला गाउँपालिका–२ का वडा अध्यक्ष धनबहादुर खाती क्षेत्रीले बताउनुभयो ।

यहाँका बासिन्दाहरुलाई रणवाङ, अर्मन, कुहुँ, सिंगा र पुलाचौरमा रहेको वडा स्तरको स्वास्थ्य चौकीमा पुगेर सेवा लिन अपायक हुने गरेको थियो । स्वास्थ्य परीक्षण, परामर्श, निःशुल्क औषधि वितरण र खोप सम्बन्धी सेवा दिने व्यवस्था मिलाइएको छ ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

मंगला गाउँपालिकाले यसअघि बुकेनी, हिदी र धारामा पनि सामुदायिक स्वास्थ्य इकाई सञ्चालन गरेको थियो । कुहुँ, रणवाङ, अर्मन (हाँडेभिर) र बरंजामा स्वास्थ्य चौकी छन् । सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन भएपछि स्थानीयलाई आधारभूत स्वास्थ्य सेवा लिन सहज भएको छ ।

वडा स्तरका स्वास्थ्य संस्थामा पुगेर सेवा लिन अपायक पर्ने गाउँमा इकाई स्थापना गरेर सेवा विस्तार गरिएको मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । इकाईको अध्यक्ष रोकाले उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष पे्रमकुमारी अघिकारी, प्रमुख प्रशासकीय अधिकृत मदन अर्याल, वडा नं. ४ का अध्यक्ष लालबहादुर रोका लगायतको आतिथ्यता रहेको थियो । गाउँपालिकाका सूचना अधिकृत सुदर्शन पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा स्टाफ नर्स रेनुका बास्तोलाले स्वागत गर्नुभएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...