सांसद महाविर पुनको प्रश्न –‘गेटबाट छिरेर गाउँमा पस्यो भने के रोग निको हुन्छ ?’

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, ः म्याग्दीबाट नवनिर्वाचित प्रतिनिधीसभा सदस्य महाविर पुनले अनुत्पादक क्षेत्रमा राज्यको लगानी रोक्न स्थानीय तहका जनप्रतिनिधीहरुलाई आग्रह गर्नुभएको छ ।

बेनी नगरपालिकाका जनप्रतिनिधीहरुसँग सोमबार बेनीमा भएको अन्तरक्रियाका क्रममा सांसद पुनले टोलै पिच्छे गेट (प्रवेशद्धार), भवन बनाएर अनुत्पादक क्षेत्रमा राज्यको बजेट खेर फाल्न नहुने बिचार व्यक्त गर्नुभयो ।

“गाउँ गाउँमा जाँदा धेरै ठाँउमा गेटहरु बनाएको देखे, देशका अरु ठाउँमा भ्यु टावर बनाएको पाए,” उहाँले प्रश्न गर्नुभयो “गेटको केही अर्थ छ ? गेटबाट छिरेर गाउँमा पसेपछि के रोग निको हुन्छ ? प्रकृतिले बनाएको अग्लो ठाउँ आफै भ्यु टावर हो । त्यहाँ भ्यु टावर बनाएर देखाउनलाई मात्र बजेट खर्च गर्न भएन् ।”

Shreekrishna

पूर्वाधार विकाससँगै रोजगारी सिर्जना हुने र गाउँमै आयआर्जन गर्न सक्ने वातावरण बनाउने कार्यक्रममा जोड दिन सांसद पुनले स्थानीय तहका जनप्रतिनिधीहरुलाई आग्रह गर्नुभयो । धवलागिरी, मालिका र मंगला गाउँपालिकाका जनप्रतिनिधीहरुसँग पालिकामा सञ्चालित र थप आवश्यक योजना तथा कार्यक्रमहरुको बारेमा छलफल गरेर पुन सोमबार बेनीमा आउनुभएको थियो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

निर्वाचन आयोगले चुनावको सबै प्रक्रिया पुरा गरिनसकेकाले फुर्सदको समयमा जिल्लाका जनप्रतिनिधीहरुसँग भइरहेका कामको बारेमा बुझ्न, थप गर्न सकिने तथा आवश्यक योजनाहरुको विषयमा छलफल गर्न आएको सांसद पुनले बताउनुभयो ।

पुनलाई बेनी नगरपालिकाका प्रमुख सुरत केसी, उपप्रमुख ज्योती लामिछाने र प्रमुख प्रशासकीय अर्जुन शर्माले संघीय सरकारलाई माग गर्न छनौट भएका २२ वटा योजनाहरुको विवरण पेश गर्नुभएको थियो ।

सांसद पुनले प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यसँग भेटेर मेलाजात्राका कारण विद्यालयको पठनपाठन प्रभावित भएको र स्थानीय तहको भवन निर्माणका लागि जग्गा प्राप्ति प्रक्रियामा भएको ढिलाइएका विषयमा चासो देखाउनुभएको छ ।

म्याग्दीको शिक्षामा सुधार ल्याउन, शान्ति सुरक्षा कायम गर्न र सामाजिक विकृति अन्त्यका लागि मेला कम गर्न र दिन घटाउने नियम बनाउन प्रजिअ आचार्यलाई निर्देशन दिनुभयो । गाउँबाट सदरमुकाम बेनीमा सेवा लिनका लागि आउने सर्वसाधारणहरुको सहजताका लागि बेनीमा सम्पर्क कार्यालय खोलेर दुई जना कर्मचारीको ब्यवस्था मिलाउने सांसद पुनले जानकारी दिनुभयो ।

म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा सांसद पुनले पर्यटन सम्बन्धी योजनाका विषयमा छलफल गर्नुभयो । नेपाल पत्रकार महासंघको कार्यालयमा पुगेर सांसद पुनले पत्रकारहरुलाई समय अनुसार प्रबिधीलाई पछ्याएर पेशालाई अघि बढाउन सझाव दिनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...