
बेनी ः म्याग्दीको धवलागिरी गाउँपालिका–६ घण्टीवाङमा हावाहुरीले एक वटा घरको छानो उडाएको छ । घण्टीवाङका मनकुमारी नेपालीको घरको छानो आइतबार दिउँसोको हावाहुरीले उडाएर भत्काएको हो ।

एकतले घरको जस्तापाटाको छानो उडाएपछि मनकुमारीको परिवारका सदस्यहरुलाई छिमेकी आफन्तकहाँ अस्थायी बसोबासको ब्यवस्था मिलाएको धवलागिरी गाउँपालिका–६ का वडा सदस्य गमान पुनले जानकारी दिनुभयो ।
उहाँका अनुसार हावाहुरीका कारण धवलागिरी गाउँपालिका–५ र ६ मा केन्द्रिय प्रशारण लाइनको विद्युत समेत अवरुद्ध भएको छ ।

