२२.५ मेगावाटको ‘अपर ठूलोखोला’ केन्द्रिय लाइनमा जोडियो

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी ः २२ दशमलब पाँच मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत आयोजनाबाट उत्पादन भएको बिद्युत केन्द्रिय लाइनमा जोडिएको छ ।

रघुगङ्गा गाउँपालिका–७ मा ठूलोखोला हाइड्रोपावर लिमिटेडले निर्माण गरेको आयोजनाको भौतिक संरचना निर्माण, उपकरण जडान र आन्तरिक परिक्षण सकेर केन्द्रिय लाइनमा विद्युत जोडिएको हो । आयोजनाका प्रमुख शिवसागर यादवले फागुन २९ गते साँझ ६ बजेदेखि परिक्षणका लागि केन्द्रिय लाइनमा जोडिएको जानकारी दिनुभयो ।

“नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीको उपस्थितिमा पाँच दिनसम्म गरिएको भौतिक संरचना, उपकरण र प्रशारण लाइनको परिक्षण सफल भएपछि केन्द्रिय लाइनमा बिद्युत जोडिएको हो,” उहाँले भन्नुभयो “परिक्षण सफल भएपछि १५ दिनपछि ब्यवसायिक उत्पादन शुरु हुन्छ ।”
हालको सुख्खायाममा १३ दशमलब ८६ मेगावाट विद्युत उत्पादन भएको आयोजना प्रमुख यादवले बताउनुभयो । बाँध, विद्युतगृह, पाइपलाइन, प्रशारणलाइन र विद्युतगृहका उपकरण जडानका साथै आन्तरिक परिक्षण सकेर परिक्षण उत्पादन थालिएको हो ।

Shreekrishna

वि.स. २०८० मा उक्त आयोजना निर्माण शुरु भएको थियो । आयोजना निर्माण स्थल भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित छ । सुगुरथलामा बाँध, डिसेन्डर (पानी थिग्राउने पोखरी), दुई हजार नौ सय मिटर मुख्य पाइपलाईन र तीन सय मिटर सर्च साफ्ट पाइपलाइन जडान, फेदीमा विद्युतगृह निर्माण भएको छ । दुई वटा युनिट (टर्वाइन) रहेको विद्युतगृह परिसरमा स्विचयार्ड निर्माण भएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

यो आयोजना रन अफ द रिभर प्रकृतिको हो । फेदी देखि बन्दी सम्म १४ वटा टावर बनाएर छ किलोमिटर लामो एक सय ३२ केभी क्षमताको प्रशारण लाइन निर्माण भएको छ । बन्दी देखि ठूलोखोला र चिमखोला देखि चिमखोला–मंगले–राहुघाट जलविद्युत आयोजनासँग सहकार्य गरेर तिल्केनीचौर हुदै २२० केभी क्षमताको दाना–खुर्कोट प्रशारण लाइन मार्फत आयोजनाको विद्युत केन्द्रिय प्रणालीमा आवद्ध गराइएको छ । फेदी देखि तिल्केनीचौर सम्म प्रशारण लाइनको दुरी २३ दशमलब पाँच किलोमिटर छ ।

देव उर्जा कन्ट्रक्सन सिभिल, हाइड्रोमेकानिकल र बिएफएल ब्याङलोर इलेक्ट्रोमेकानिकल ठेकेदार हुन् । रु. पाँच अर्ब १४ करोड लागत अनुमान गरिएको आयोजनामा सिटिजन्स, माछापुच्छ्रे र कृषि विकास बैङ्कले ७० प्रतिशत ऋण लगानी गरेका छन् । प्रर्वद्धकको १० प्रतिशत लगानी रहने आयोजनाको २० प्रतिशत लगानी सेयर जारी गरेर सर्वसाधारण मार्फत जुटाइनेछ् ।

बेनी देखि आयोजना निर्माण स्थल जोड्ने सडक गत बैशाख–जेठ महिनामा स्तरोन्नतिका कारण र बर्खामा मलाङको पहिरोका कारण अवरुद्ध हुँदा विद्युतगृह, प्रशारण लाइन र स्विचयार्डका उपकरण ढुवानीमा समस्या भएको थियो ।

राहुघाट र सहायक नदीहरुमा यसअघि तीन वटा जलविद्युत आयोजना निर्माण भइसकेका छन् । तुँदी पावरले प्रर्वद्धन गरेको ३५ दशमलब पाँच मेगावाट क्षमताको चिमखोला– राहुघाट– मङ्गले र त्यसको क्यासकेडको रुपमा ४८ दशमलब पाँच मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत आयोजना सञ्चालनमा आइसकेका छन् ।

राहुघाटको सहायक ठुलोखोलामा संयुक्त उर्जा लिमिटेडले निर्माण गरेको २१ दशमलब तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत आयोजनाले गत भदौ महिनादेखि व्यवसायिक उत्पादन थालेको थियो । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रर्वद्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...