
बेनी ः मालिका गाउँपालिका–४ च्युरीबोट र ओखरबोटका बासिन्दाहरुले ८४ वर्ष पुगेको अवसरमा रु. दुई लाख ६० हजार सहयोग गरेका छन् ।
८४ वर्ष पुगेको अवसरमा पुजाआजा र भोज भतेरमा हुने अनावश्यक तथा फजुल खर्च बचाएर गाउँकै विद्यालयलाई सहयोग गरेका हुन् । च्युरीबोटका तिकप्रसाद पुन र दिलमाया पुनले स्थानीय सिद्धार्थ माविलाई रु. एक लाख ८५ हजार पाँच सय ५५ सहयोग गर्नुभएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रेशम पुनले जानकारी दिनुभयो ।



शुक्रबार ८४ पुजा गर्नुभएका ओखरबोट निवासी टेकबहादुर घर्तिमगर र हिरामति घर्तिमगरले रु. ६० हजार, उहाँहरुका आफन्तहरुले थप रु. १५ हजार ओखरबोट माविलाई उपलब्ध गराउनुभएको छ । चौरासी, बिवाह, लाहुरे स्वागत, तिहारमा देउसीभैलो खेलेर आर्थिक स्रोत जुटाएर निजी स्रोतका शिक्षकको तलब ब्यवस्थापन, कम्प्युटर कक्षा सञ्चालन, भौतिक र शैक्षिक विकासमा परिचालन गरेका छन् ।

