हाँजिरी जवाफ प्रतियोगितामा लिटिल गार्डेन प्रथम

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । बेनीको न्यु वेष्ट पोइन्ट आवासीय माविमा रहेको युवा रेडक्रस सर्कलको आयोजनामा शुक्रबार एसईई परिक्षा लक्षित अन्तर मा.वि. विषयगत हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

१० वटा विद्यालय सहभागी प्रतियोगितामा लिटिल गार्डेन एकेडेमी प्रथम, प्रकाश मावि दृतीय, बेनी आवासीय मावि तृतीय र आयोजक न्यु वेष्ट पोइन्ट आवासीय मावि सान्तवना भएका छन् । पहिलो, दोस्रो, तेस्रो र सान्तवनालाई प्रमाणपत्र सहित नगद क्रमश रु. आठ हजार, पाँच हजार, तीन हजार र एक हजार पाँच सय पुरस्कार प्रदान गरिएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

अंग्रेजी, नेपाली, गणित, सामाजिक शिक्षा, विज्ञान, ¥यापिड फायर र रेडक्रस गरी सात वटा चरणमा प्रश्नहरु सोधिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले एकल र सामुहिक नृत्य पनि प्रस्तुत गरेका थिए ।

Shreekrishna

युरेश वेष्ट पोइन्टका अध्यक्ष सम्बृद्धी घर्तिको अध्यक्षता, नेपाल रेडक्रस सोसाइटी म्याग्दीका सभापति अमर बानियाको प्रमुख आतिथ्यता, शिक्षक अभिभावक संघका अध्यक्ष बिष्णुकुमारी रोका, वेष्ट पोइन्ट फाउण्डेशनका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, संस्थापक निर्देशक सुर्दशनकुमार श्रेष्ठ, सुवासकुमार श्रेष्ठ, तुलसीकुमारी श्रेष्ठ, प्रिन्सीपल डिबी दाहाल, सहायक प्रिन्सीपल सरोज लकान्द्री र कृष्ण जिसी लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

अनिता राणा, केशवराज पौडेल, खुमबहादुर मल्ल, शतिश श्रेष्ठ, सरोज लकान्द्र र कृष्ण जसीले प्रतियोगिताको सहजिकरण गर्नुभएको थियो भने युरेश शिक्षक नायक निरुता बुढाथोकी मगरले संयोजन गर्नुभएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...