सुर्खेतकी इनिशाको हत्यामा संलग्नलाई कारबाही गर्न संयुक्त दलित राजनीतिक संघर्ष समिति म्याग्दीको माग

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, । संयुक्त दलित राजनीतिक संघर्ष समिति म्याग्दीले सुर्खेत मा १६ वर्षीया किशोरी इनिशा विकमाथि भएको बलात्कारपछि हत्या घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मोर्चाले शुक्रबार जारी गरेको विज्ञप्तिमा फागुन २३ गते भेरीगंगा नगरपालिका–१ की किशोरीलाई भेरीगंगा–४ स्थित शहीद पार्क नजिकको जंगलमा लगेर बलात्कार गरी विभत्स हत्या गरिएको उल्लेख गरेको छ ।
पीडित परिवारले जिल्ला प्रहरी कार्यालय सुर्खेत मा सामूहिक बलात्कार र हत्या सम्बन्धी किटानी जाहेरी दर्ता गराएका छन । जाहेरीका आधारमा प्रहरीले अनमोल गौली, विपेश ढकाल, आशिष ढकाल र गोविन्द ढकाललाई नियन्त्रणमा लिएको छ ।
दोषीलाई कानुनी कारबाहीबाट उन्मुक्ति दिने प्रयास हुन सक्ने आशंका व्यक्त गर्दै निष्पक्ष अनुसन्धान र कडा कारबाहीको माग गरिएको समितिका म्याग्दी जिल्ला संयोजक पदम किसानले बताउनुभयो । “बालिका र किशोरीको जीवनमाथि भएको यस विभत्स अपराधमा दोषीलाई छुट दिन खोजिए समाजमा असुरक्षा र डर झनै बढ्नेछ,” संयोजक विकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
किसानले निष्पक्ष छानबिन र कडा कारबाही बाहेक पीडितलाई न्याय दिलाउने अन्य विकल्प नरहेको बताउनुभयो । उहाँका अनुसार ग्रामीण तथा दुर्गम क्षेत्रमा हुने यस्ता घटनामा प्रमाण संकलन, अनुसन्धान प्रक्रिया र पीडितको सुरक्षामा चुनौती हुने गरेको छ । घटनास्थलको दुर्गमता, अनुसन्धानमा ढिलाइ तथा सामाजिक दबाबका कारण कानुनी प्रक्रिया प्रभावित हुन सक्ने भन्दै मोर्चाले चिन्ता व्यक्त गरेको छ ।
समितिले किशोरी हत्या प्रकरणलाई केवल व्यक्तिगत पीडा नभई समाजमा फैलिएको असुरक्षा र डरको प्रतीकका रूपमा लिएको छ । यस्ता घटनाले महिला तथा बालिकाको स्वतन्त्रता, शिक्षा र सामाजिक सहभागितामा गम्भीर असर पर्ने उल्लेख गरिएको छ । समितिले सरकारसँग पीडित परिवारलाई न्याय दिलाउन, दोषीमाथि कडा कारबाही गर्न र भविष्यमा यस्ता घटना रोक्न प्रभावकारी नीति तथा सुरक्षा संयन्त्र निर्माण गर्न माग गरेको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...