
बेनी । म्याग्दीमा दुर्घटनामा परेका व्यक्तिहरुसँग ट्राफिक प्रहरीको भेटघाट कार्यक्रम सञ्चालन भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले दुर्घटनामा परेका व्यक्तिहरुलाई घरमै पुगेर भेट्ने अभियान थालेको हो । उनिहरुको भनाई सुन्ने, दुर्घटना न्युनीकरणका उपायका विषयमा सुझाव संकलन गर्ने, क्षतिपूर्ती, उपचार खर्चको विषयमा जानकारी लिन थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख बिशाल परियारले जानकारी दिनुभयो ।
सँग भेटघाट र अन्तरक्रियासँगै दुर्घटना न्युनीकरणका विषयमा घरमा स्टिकर टाँस पनि गरिने उहाँले बताउनुभयो ।

