दरवाङमा बजार अनुगमन

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

दरवाङ। मालिका गाउँपालिका –६, दरबाङ बजारमा सञ्चालित पसलहरुको बुधबार अनुगमन भएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

जिल्ला प्रशासन कार्यालय म्याग्दीको नेतृत्वमा दरबाङ बजारमा सञ्चालित विभिन्न पसलहरु, होटल, रेष्टुरेण्ट तथा बेकरीको अनुगमन र निरीक्षण गरिएको हो । एकिकृत सेवा कार्यालय म्याग्दी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङ, म्याग्दी उद्योग वाणिज्य संघ मालिका इकाई टोलीले दरबाङ बजारमा सञ्चालित पसलहरुको अनुगमन गरेको हो ।
दैनिक उपभोग्य सामानहरुमा प्रयोगको वर्तमान अवस्था पत्ता लगाएर बिक्रेता र क्रेताहरुलाई सचेत बनाउने उद्देश्यसहित बजार अनुगमन गरिएको थियो । अनुगमन टोलीले दरबाङमा सञ्चालित किराना तथा खाद्यान्न (३१), खाजाघर, होटल तथा रेष्टुरेण्ट (१०), फ्रेस हाउस (४) औषधी पसल (३), सहित कुल ४८ वटा पसलहरुमा अनुमगन गरेको जनाएको छ ।
अनुगमनको क्रममा भेटिएका म्याद नाघेका दैनिक उपभोग्यलगायत सामानहरुलाई जफत गरि छुट्टै भण्डारण सँगै नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ । पसलहरुमा म्याद सकिएको सामानहरु बिक्री वितरण गरेको, पसल र होटल तथा रेष्टुरेण्टमा सरसफाइ नगरेको, मूल्यसूची र साईनबोर्ड नटाँसेको, एउटा नामको पसल दर्ता गरी अन्य प्रकृतिका सामानहरु बिक्री गरेको, लेबल नटाँसको सामान बिक्रीमा राखेको र पसल दर्ता नगरिकनै सञ्चालन गरेको जस्ता कमी कमजोरीहरु भेटिएका छन् ।
अनुगमनमा भेटिएका कमजोरीलाई तत्कालै सुधार गर्न निर्देशन दिइएको म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताउनुभयो । पालिकाले विगतको समयमा भएको बजार अनुगमनको कारणले यसपालि भने केही सुधारका सङ्केतहरु देखिएको भए पनि अझै थप सुधार गर्नुपर्ने आवश्यकता रहेको अनुगमन टोलीले जानकारी दिएको छ ।
पसलहरुको समय समयमा अनुगमन गरी चुस्तदुरुस्त बनाउनुका साथै उपभोक्तालाई पनि सचेत बनाउनुपर्ने आवश्यक देखिएको सहायक प्रजिअ आचार्यको भनाइ छ । टोलीमा सम्सेर घर्ती क्षेत्री, तेजेन्द्र लम्साल, सागर सुवेदी , सुनिल अर्याल, अमृत सापकोटा, श्यामबहादुर कुमाल लगायतको सहभागिता थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...