प्रथम कालीपुल कप सुरु

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । बेनी नगरपालिका–८ मा बुधबारदेखि रु. एक लाख भन्दा बढी पुरस्कार राशीको प्रथम कालीपुल कप बास्केटबल प्रतियोगिता शुरु भएको छ ।

कालीपुल युनाइटेड क्लवको आयोजनामा फागुन ३० गतेसम्म सञ्चालन हुने प्रप्रतियोगिताको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गर्नुभयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

११ समूह सहभागी प्रतियोगितामा बिजेता र उपबिजेतालाई ट्रफी, मेडल सहित नगद रु. एक लाख ११ हजार एक सय ११ र रु. ५५ हजार पाँच सय ५५ नगद पुरस्कार प्रदान गरिने क्लवका अध्यक्ष अनिष गौचनले जानकारी दिनुभयो ।

Shreekrishna

विभिन्न बिधामा उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीहरुलाई पनि पुरस्कृत गरिने उहाँले बताउनुभयो । बिधागत उत्कृष्ट खेलाडीलाई नगद रु. दुई हजारका दरले पुरस्कार प्रदान गरिने क्लवका अध्यक्ष्इा गौचनले बताउनुभयो ।

क्लवका सल्लाहकार मनोज गौचनले सञ्चालन गर्नुभएको कार्यक्रममा बेनी नगरपालिका–८ का वडा अध्यक्ष उत्तम कर्माचार्य, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...