मुस्ताङ अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले जोगाए सुत्केरीको ज्यान

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी ः मुस्ताङको प्रदेश अस्पताल जोमसोमका चिकित्सक र स्वास्थ्यकर्मीहरुले जटिल अवस्थामा रहेकी एक सुत्केरीको ज्यान बचाएका छन् ।
घरमै सुत्केरी भएकी जोमसोमकी २४ वर्षीय महिलाको बच्चा जन्मिएको पाँच घण्टासम्म पनि सालनाल ननिस्किएपछि आइतबार राती अस्पतालमा ल्याइएको थियो । अत्याधिक रक्तश्रावका कारण सुत्केरीको स्वास्थ्य अवस्था जटिल र संवेदनशिल थियो ।

जोमसोम अस्पतालका चिकित्सक प्रदिपको नेतृत्वमा डा. मनिष कोइराला, रविन्द्रराज बास्तोला, समिक्षा कडेलको टोलीले दुई युनिट रगतको ब्यवस्था, औषधीको प्रयोग गरेर रक्तश्राव नियन्त्रण गराउनुभयो । दुई घण्टाको प्रयासपछि बिरामीको हेमोडाइनामिक अवस्था स्थिर भयो र पिसाबको मात्रा पर्याप्त देखिएको थियो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

२४ घण्टाको उपचारपछि सोमबार साँझ घर फर्किएका छन् । बिरामी तथा परिवारलाई अस्पतालमा थप बसाई र निगरानीको आवश्यकता तथा सम्भावित जोखिमका बारेमा परामर्श दिएपनि घर गएका हुन् ।

Shreekrishna

अझै पनि समाजमा घरमै जोखिम मोलेर सुत्केरी हुने चलन छ । नियमित गर्भपरिक्षण, स्वास्थ्यकर्मीको परामर्शमा स्वास्थ्य संस्था र अस्पतालमा पुगेर प्रसुति भएमा सुत्केरी अवस्थामा आउन सक्ने जटिलताको समाधान हुने बताइएको छ । दुर्गम ठाउँका चिकित्सक र स्वास्थ्यकर्मीहरुले सिमित स्रोत साधनका बिच जोखिम मोलेर जटिल अवस्थाका सुत्केरीको ज्यान बचाएका छन् ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...