
बेनी ः प्रतिनिधीसभा सदस्य निर्वाचन अन्तर्गत म्याग्दीमा समानुपातिक तर्फको मतगणना आइतबार बिहान सकिएको छ ।
प्रत्यक्षतर्फ स्वतन्त्र उमेद्वार महाविर पुन निर्वाचित हुनुभएको म्याग्दीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले धेरै मत पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १९ हजार नौ सय ८७, नेकपा (एमाले)ले नौ हजार चार सय ५७, नेपाली काँग्रेसले सात हजार पाँच सय ९४ र नेपाली कम्युनिष्ट पार्टीले चार हजार एक सय ६२ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत सुर्यबहादुर थापाले जानकारी दिनुभयो ।

श्रम संस्कृति पार्टीले एक हजार सात सय १५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आठ सय ४४, राष्ट्रिय मुक्ति पार्टीले सात सय ६२ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले एक सय ७७ मत पाएका छन् ।

बिहिबार भएको प्रतिनिधीसभा सदस्य निर्वाचनमा म्याग्दीमा समानुपातिकतर्फ ४७ हजार दुई सय ६१ मत खसेको थियो । एक हजार सात सय १० मत बदर र ४५ हजार नौ सय छ मत गणना भएको थियो ।

