म्याग्दीमा धवलागिरी गाउँपालिकाबाट मतगणना शुरु

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

म्याग्दी, ः म्याग्दीमा शुक्रबार बिहान ९ बजेदेखि प्रतिनिधीसभा सदस्य निर्वाचनको मतगणना शुरु भएको छ ।

बेनी स्थित जिल्ला समन्वय समितिको सभाहलमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना थालिएको हो । धवलागिरी गाउँपालिकाबाट मतगणना शुरु गरिएको मुख्य निर्वाचन अधिकृत सुर्यबहादुर थापाले जानकारी दिनुभयो । धवलागिरी गाउँपालिका–१ गुर्जाको जनकल्याण मावि र वडा नम्बर २ को लमसुङ मावि मतदान केन्द्रको मतगणना थालिएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

बिहिबार भएको निर्वाचनमा म्याग्दीमा ४६ हजार दुई सय १५ मत खसेको थियो । ८६ हजार तीन सय ९७ जना मतदाता रहेका थिए । दुई वटा समूहमा मतगणना गरिने मुख्य निर्वाचन अधिकृत थापाले बताउनुभयो । मतगणनाअघि सर्वदलीय बैठक बसेको थियो ।

Shreekrishna

मतेपटिका भण्डारण र मतगणना स्थलमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । मतगणना स्थलमा तारजाली लगाएर ठाउँ बनाइएको छ । प्रतिनिधीसभामा एक वटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा ११ जना राजनीतिक दल र एक जना स्वतन्त्र उमेद्वार चुनावी प्रतिस्पर्धामा छन् ।

नेपाली काँग्रेसका कर्णबहादुर भण्डारी (के.बी.), नेकपा एमालेका हरिकृष्ण श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापा र स्वतन्त्र उमेद्वार महाविर पुन मुख्य प्रतिस्पर्धीका रुपमा रहेका छन् ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...