निर्वाचनको चटारोका बिच सरस्वती माविमा परिक्षालाई निरन्तरता

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । देशभर प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र बन्दै गर्दा बेनी नगरपालिका–४ स्थित सरस्वती माध्यमिक विद्यालय भने शैक्षिक गतिविधिमा व्यस्त देखिएको छ ।
विद्यालयमा कक्षा १० का विद्यार्थीहरूको एसईई तयारी परीक्षा र कक्षा ८ का विद्यार्थीहरूको नगर स्तरीय तयारी परीक्षा सञ्चालन भइरहेको छ । निर्वाचनको माहोल देशभर तातिरहेका बेला विद्यालयमा भने विद्यार्थीहरू भविष्य निर्माणको तयारीमा केन्द्रित भएका छन ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

विद्यालय प्रशासनका अनुसार विद्यार्थीहरूलाई बोर्ड परीक्षा अघि आत्मविश्वास बढाउन र कमजोरी सुधार गर्न तयारी परीक्षा सञ्चालन गरिएको हो । नियमित पठनपाठनसँगै अनुशासित वातावरणमा परीक्षा सञ्चालन भइरहेको विद्यालयले जनाएको छ ।

एकातर्फ राजनीतिक चहलपहल बढ्दो अवस्थामा रहे पनि अर्कोतर्फ शैक्षिक गतिविधि निरन्तर अगाडि बढिरहेको यस उदाहरणले शिक्षा र लोकतन्त्र दुवै समान रूपमा महत्वपूर्ण रहेको सन्देश दिएको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...