थकाली समुदाय ‘तोरनल्ह’ पर्व मनाउदै

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसंख्यक थकाली समुदायले तोरन ल्ह (फागु पूर्णीमा) पर्व मनाउन शुरु गरेका छन् ।

नेपालका विभिन्न क्षेत्रमा ११ हजार जनाको संख्यामा बसोबास गर्ने थकाली समुदायले हरेक वर्ष फागु पुर्णीमाको अवसरमा परम्परागत तोरन ल्ह पर्व मनाउने गर्दछन् । फागु पूर्णीमाको अघिल्लो दिन सुरु हुने तोरनल्ह तीन दिनसम्म मनाउने चलन रहेको थकाली सेवा समिति बेनी क्षेत्रका अध्यक्ष सुन्दरमान शेरचनले बताउनुभयो ।

‘‘तीन दिन सबैरे उठेर चोखो निष्ठ भएर पित्रीहरुलाई सम्झिएर पुजाआजा गर्ने र फूलप्रसाद चढाउनुपर्छ,’’ उहाँले भन्नुभयो ‘‘आफन्तहरुलाई बोलाएर मिठा मिठा परिकार खुवाउने र आर्चरी (तारो हान्ने) खेल्ने चलन छ ।’’ मुस्ताङको थासाङ गाउपालिकाको कोवाङ थकाली समुदायको उद्गम स्थल मानिन्छ ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

घरपझोङ र थासाङ गाउँपालिकामा थकाली समुदायको बाहूल्य बसोबास छ । म्याग्दीको दाना, भुरुङ तातोपानी, बेनी, दरवाङ लगायत बजार क्षेत्रमा थकाली समुदायको बसोबास छ । तोरन ल्ह मनाउन घरबाहीर र विदेशमा रहेका थकालीयहरु आफ्नो जन्मथलो फर्कीएका छन् । तोरन ल्हमा थकाली समुदायले घर सिगार पटार गरेका छन् ।

तोरन्ल्ह पर्वको अवसरमा थकाली समुदायका पुरुषहरु परम्परागत तारो हान्ने खेल खेलेर रमाइलो गर्दछन् । महिलाहरु भने मौलिक भेषभुषामा सजिएर नाचगान गर्ने, गोटा खेल्ने र शुभकामना साटा साटा गरेर तोरन्ह मनाउँछन् ।

थकाली सेवा समिति बेनी क्षेत्रको आयोजनामा बेनीमा आइतबारदेखि तारो हान्ने प्रतियोगिता शुरु भएको छ । यस वर्ष चुनावको समय भएकाले निर्वाचन आचार संहिताको पालना गरेर थकाली समुदायका सदस्यहरु मात्र भेला भएर तोरन्लह पर्व मनाउन लागिएको थकाली सेवा समितिका शंकरमान शेरचनले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...