कर्मचारी र सुरक्षाकर्मी आज मतदान केन्द्रमा पुग्ने

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका कर्मचारीहरुलाई म्याग्दीमा निर्वाचन सामग्री प्रदान गर्न सुरु गरिएको छ ।

निर्वाचनका लागि मतदान केन्द्रहरुमा खटिने कर्मचारीहरुलाई नियुक्ति पत्र प्रदान गरी आबश्यक तालिम दिएर मतदानका लागि आबश्यक पर्ने मतपत्र, मतपेटिका, सुरक्षणसिल, स्वस्तिक छापलगायतका निर्वाचन सामाग्रीहरु बुझाउन सुरु गरिएको जिल्ला निर्वाचन अधिकारी बिमलप्रसाद गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार, निर्वाचनका लागि जिल्लामा एक हजार ७४ जना कर्मचारी परिचालन हुँदै छन् । निर्वाचनमा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई अभिमुखिकरण गरी निर्वाचन सामग्रीहरु बुझाएर सम्बन्धित मतदान स्थलमा पठाउन थालिएको छ ।

Shreekrishna

निर्वाचनका लागि आबश्यक पर्ने विभिन्न ५२ प्रकारका निर्वाचन सामग्रीहरुमध्ये मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट र अन्य ५१ प्रकारका सामाग्री जिल्ला निर्वाचन कार्यालयबाट मतदान अधिकृतलाई बुझाउन थालिएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

मतदानस्थल टाढा रहेका धबलागिरी गाउँपालिका, मालिका गाउँपालिका, रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपालिकाअन्तर्गतका मतदानस्थलमा खटिएका कर्मचारीहरुलाई आइतवार नै निर्वाचन सामग्री बुझाइएको छ भने मंगला गाउँपालिका र बेनी नगरपालिकाका मतदानस्थलहरुमा खटिएका कर्मचारीहरुलाई सोमबार निर्वाचन सामग्री बुझाउने गरी तयारी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन सम्पन्न गराउन मतदान केन्द्रमा खटिने कर्मचारीहरु सोमबार नै मतदानस्थलमा पुगेर सूचना टाँस गर्ने,मतदानस्थल वरपर राजनीतिक दल र उम्मेदवारका निर्वाचन प्रचारप्रसारका सामग्रीहरु हटाउन लगाउने, निर्वाचन आचारसहिंताको अनुगमन गर्ने लगायतका निर्वाचनसम्बन्धी कामहरुको तयारी सुरु गर्ने तयारी गरिएको छ ।

म्याग्दीमा निर्वाचन सम्पन्न गर्न एक सय २२ मतदान अधिकृत, एक सय २२ सहाहयक मतादन अधिकृतसहित एक हजार ७४ जना निर्वाचन कर्मचारी खटिएका छन् । प्रतिनिधि सभामा एक निर्वाचन क्षेत्र रहेको म्याग्दी जिल्लामा एक स्वतन्त्र सहित १२ जना उम्मेदवार चुनाबी प्रतिस्पर्धामा रहेका छन ।

जिल्लामा कुल ४२ हजार तीन सय ३२ जना पुरुष, ४४ हजार ६४ जना महिला र एक जना अन्य मतदाता रहेका छन् । जिल्लामा मतदानका लागि ८२ वटा मतदानस्थलमा १ सय २० वटा मतदान केन्द्र कायम गरिएको छ भने कारागार र कर्मचारीहरुको समानुपातीक मतदानका लागि एक अस्थायी मतदान केन्द्र तोकिएको छ ।
प्रतिनिधीसभा सदस्य निर्वाचनमा एक वटा निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला म्याग्दीमा नेपाली काँग्रेसका कर्णबहादुर भण्डारी (के.बी.), नेकपा एमालेका हरिकृष्ण श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापा र स्वतन्त्र उमेद्वार डा. महाविर पुन मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका छन् ।

नेत्रबिक्रम चन्द (बिप्लप) नेतृत्वको नेकपा (माओवादी)ले दन्द्धकालमा भूमिगत राजनीति गरेका म्याग्दी बहुमुखी क्याम्पसका पुर्व स्ववीयु सभापति क्षेत्रबहादुर घिमिरे (धु्रब) लाई उमेद्वार बनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का डम्मरबहादुर सुवेदी, प्रगतिशिल लोकतान्त्रिक पार्टीका देवेन्द्र कामी, श्रम संस्कृति पार्टीका विनोद राना, राष्ट्रिय जनमोर्चाका छेमबहादुर विश्वकर्मा, मंगोल नेशनल अर्गनाइजेसनका भिमबहादुर लामा र नेशनल रिपब्लिकन नेपालका तुलप्रसाद गर्बुजा उमेद्वार बन्नुभएको छ । सार्वजनिक रुपमा स्वतन्त्र उमेद्वार पुनलाई सघाउने घोषणा गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका युवराज रोकाको उमेद्वारी कायमै छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...