
बेनी । प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीबाट स्वतन्त्रबाट उम्मेदवार महावीर पुनको चुनावी घरदैलो अभियानसँगै आइतबार सदरमुकाम बेनीबजारमा सरसफाई गरिएको छ ।
उम्मेदवार पुनका समर्थकले विभिन्न ब्यंख्य लेखिएको नारा सहित बेनी नगरपालिका वडा नं ७ बिरेन्द्रचोकबाट बजार सरसफाई अभियान सुरु गरेका थिए । बेनी नगरपालिका वडा नं ७ र वडा नं ८ मा पर्ने बेनीबजारमा महावीर पुनको घरदैलो अभियान समेत सम्पन्न भइसकेको छ ।
घरदैलो अभियानसँगे मतदातालाई जानकारी गराउन तथा सरसफाई सहित श्रमको सम्मान गर्ने उम्मेदवार भएकाले बजार क्षेत्रमा कार्यक्रम गरिएको महावीर पुन चुनाव प्रचारप्रसार समितिका योगकुमार फगामीको भनाई छ ।
यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो भिजन र काम मन परे सहयोग गर्न अनुरोध सहित आइतबार अन्नपूर्ण गाउँपालिका वडा नं ६ खिवाङमा चुनावी अभियान सञ्चालन भएको छ ।

भ्रष्ट्राचार, कुशासन, विकृति, बेथितिका विरुद्ध सन्देश प्रवाह गराउने उद्देश्यले सांकेतिक र ब्यग्यात्मक शैलीमा सरसफाई कार्यक्रम गरिएको महाविरका चुनावी अभियानको संयोजन गरेका चित्र तिलिजा पुनले बताउनुभयो ।

अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्रीबाट राजीनामा दिएर चुनावी प्रतिस्पर्धामा आउनुभएका ७१ वर्षीय महाविरले विद्यालय, क्याम्पस, प्राविधिक शिक्षा क्षेत्रको विकृति अन्त्यको मुद्दालाई अघि सार्नुभएको छ ।
चुनाव प्रचारको अन्तिम दिन महाविरले बेनीको खुल्ला मञ्चमा आमसभाको आयोजना गर्नुभएको छ ।

