म्याग्दीमा चुनावको तयारी अन्तिम चरणमा

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, ः आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा मतदान पूर्वको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ ।

निर्वाचनका लागि आवश्यक पर्ने कर्मचारी छनौट, निर्वाचन सामाग्रीको व्यवस्थापन र सुरक्षाको बन्दोबस्त गर्ने काम सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

म्याग्दीमा सरल, सहज र शान्तिपूर्ण वातावरणमा निर्वाचन कार्यक्रम अघि बढेको मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी दिनुभयो । छिटपुट रुपमा निर्वाचन आचार संहिता उलङ्घनका उजुरीहरु आएको र त्यसलाई सचेत गराएर समाधान गरिएको समेत जानकारी दिनुभयो ।

Shreekrishna

जिल्लामा रहेका एक सय २२ वटै मतदान केन्द्रमा कर्मचारी छनौट गरि नियुक्तीपत्र वितरण भइसकेको छ । आइतबार बिहानदेखि मतदान सामग्री वितरण गरिने र टाढाका मतदान केन्द्रमा खटिने कर्मचारीलाई कार्यक्षेत्रमा पठाइने थापाले बताउनुभयो । फागुन १८ गतेभित्र सबै मतदान स्थलमा कर्मचारी र सुरक्षाकर्मी पुगिसक्ने गरी खटनपटनको काम भइरहेको प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले बताउनुभयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

निर्वाचन सम्पन्न गराउनका लागि खटिने सुरक्षाकर्मी र अनुगमनकर्ता बाहेक मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारी र स्वयंसेवक गरी जिल्लामा एक हजार ७४ जना कर्मचारी परिचालन हुने जनाईएको छ ।

निर्वाचनलाई शान्त, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि मतदान केन्द्रहरुको अनुगमन गरी निर्वाचन लक्षित एकिकृत जिल्ला सुरक्षा रणनीति तयार गरी सुरक्षा व्यवस्थापनको काम गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिनुभयो ।

उहाँले मनोनयन दर्तादेखि निर्वाचन प्रचार प्रसार, मौन अवधि, मतदान, मतगणना र निर्वाचित उम्मेदवारको बिजयी उत्सव सम्मका कार्यक्रमलाई लक्षित गरी जिल्लामा रहेका सुरक्षा निकायहरुबिच आवश्यक समन्वय र सहकार्यमा जिल्लामा मजबुत सुरक्षा व्यवस्था मिलाईएको जानकारी दिनुभयो ।

निर्वाचनका लागि जिल्लामा आवश्यक पर्ने मतपत्र लगायतका निर्वाचन समाग्री आइपुगेको र सबै सामाग्रीलाई मतदान केन्द्रका रुपमा छुट्टाछुट्टै तवरले व्यवस्थापन गरिएको जिल्ला निर्वाचन अधिकारी बिमल बिमल प्रसाद गौतमले जानकारी दिनुभयो ।

प्रतिनिधिसभामा १ निर्वाचन क्षेत्र रहेको यस जिल्लामा १ जना स्वतन्त्र सहित १२ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन । निर्वाचनका लागि ८६ हजार ३९७ मतदाता कायम रहेका छन् ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...