मतदाता आकर्षित गर्ने अन्तिम कसरतमा म्याग्दीका उमेद्वारहरु

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । प्रतिनिधीसभा सदस्य निर्वाचन –२०८२ को प्रचारप्रसारका लागि निर्वाचन आयोगले तोकेको मिति फागुन १८ गतेसम्म रहेको छ ।

फागुन २१ गते हुने निर्वाचनका लागि १८ गते राती १२ बजेदेखि मौन अवधी शुरु हुदैछ । मौन अवधिमा उमेद्वार र दलका नेता कार्यकर्ताहरुले भोट माग्न नपाउने नियम छ । त्यही कारणले मौन अवधी अघिनै सकेसम्म सबै मतदाता, टोल र गाउँमा पुग्ने कसरतमा उमेद्वार तथा नेताकार्यकर्ताहरु जुटेका छन् ।

शनिबार म्याग्दीका मुख्य प्रतिस्पर्धी उमेद्वार र राजनीतिक दलहरुले जिल्लाका विभिन्न ठाउँमा मतदाता भेटघाट गरेका छन् । उमेद्वार बाहेक विभिन्न राजनीतिक दलहरुले टोल टोलमा पनि घरदैलो गरेर मतदाता शिक्षामा केन्द्रित भएका छन् ।

Shreekrishna

नेपाली काँग्रेसका उमेद्वार कर्णबहादुर भण्डारी (के.बी)ले रघुगंगा गाउँपालिकाको कुइनेमंगले, दग्नाम, दर्मिजामा मतदाता भेटघाट गर्नुभयो । नेकपा एमालेका उमेद्वार हरिकृष्ण श्रेष्ठले बेनी नगरपालिका ६ जामुनाखर्क, अन्नपूर्ण गाउँपालिका–७ औलाको कार्यक्रममा सहभागी हुनुभयो । एमालेले शनिबार बेनी देखि दाना, मुना हुदै बेनी सम्मको मोटरसाइकल ¥यालीको आयोजना गरेको थियो । कालीपुलमा उमेद्वार श्रेष्ठले सम्बोधन गरेर ¥यालीको समापन गरिएको थियो ।

नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार अर्जुन थापा बेनपा ६ नेपाने र मंगला गाउँपालिका ३ पखेरमा मतदाता भेटघाट गर्नुभयो । नेकपाका नेता तथा प्रदेश संसाद रेशम जुग्जालीको टोलीले मालिका गाउँपालिकाको निस्कोट, रुम र ओखरबोटका विभिन्न टोलमा मतदाता भेटघाट गरेको छ । अर्का प्रदेश सांसद हरि भण्डारीको टोलीले बेनी नगरपालिका १ र २ का विभिन्न ठाउँमा मतदाता भेटघाट गर्नुभएको छ ।

स्वतन्त्र उमेद्वार महाविर पुन अन्नपूर्ण गाउँपालिकाको दोवा, दाना लगायत ठाउँमा मतदाता भेटघाट गर्नुभयो । प्रतिनिधीसभा सदस्य निर्वाचनमा एक वटा निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला म्याग्दीमा नेपाली काँग्रेसका कर्णबहादुर भण्डारी (के.बी.), नेकपा एमालेका हरिकृष्ण श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापा र स्वतन्त्र उमेद्वार डा. महाविर पुन मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका छन् ।

अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रबिधीमन्त्रीको पदबाट मनोनयन दर्ताका दिन राजीनामा दिएर पुख्यौली थलोमा चुनाव लड्न आएका पुनलाई राजनीतिक दलहरुले दावी गर्दै आएको प्रभाव क्षेत्रमा भएको स्वागत सत्कारको दृष्यले तरंगित बनाएको छ ।

राष्ट्रिय राजनीतिमा सिर्जना भएको फरक परिवेश, नयाँ राजनीतिक शक्तिहरुको उदय, प्रतिस्पर्धी उमेद्वारको प्रभाव तथा सम्बद्ध राजनीतिक दल तथा उमेद्वारहरुको रणनीतिले म्याग्दीको चुनावी परिणामप्रति उत्सुकता सिर्जना भएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

एमालेका श्रेष्ठ र राष्ट्रिय जनमोर्चाका छवी विश्वकर्मा दोहोरिएर उमेद्वार बनेका हुन् भने भने बाँकी सबै पहिलो पटक प्रतिस्पर्धामा उत्रिएका हुन् । वि.स. २०७४ यता यसपाली दलहरुबीच एक्ला एक्लै गठबन्धन नगरि प्रतिस्पर्धा हुन लागेको हो ।

वि.स. २०७४ मा एमाले–माओवादी र वि.स. २०७९ मा काँग्रेस–माओवादी सहितका दलहरुको गठबन्धन गरेर चुनाव लडेका थिए । मतदाता भेटघाट, घरदैलो र कार्यकर्ता परिचालनका साथै सामाजिक सञ्जाललाई पनि उमेद्वारहरुले चुनाव प्रचारको माध्यम बनाएका छन् ।

महाविरले एमाले काँग्रेसको प्रभाव क्षेत्रमा मत तान्दा आफूहरुलाई फाइदा पुग्ने र वि.स. २०७० को तुलनामा २०७४ र २०७९ मा माओवादीको समानुपातिक मत बढ्नु पनि म्याग्दीमा यसपाली जितको आधार भएको नेताहरु दावी गर्छन् । पछिल्लो निर्वाचनको समानुपातिक मतमा एमाले भन्दा आधा कम मत रहेको नेकपालाई जितका लागि आफ्नो मत बचाएर अरुबाट थप गर्नुपर्ने चुनौति छ ।

जिल्लाका सबै बस्तिमा पुगेर टोलटोलमा मतदाता भेटघाट गरेका स्वतन्त्र उमेद्वार महाविर पुनले सोमबारदेखि धवलागिरी गाउँपालिकाबाट दोस्रो चरणको अभियान थालेका छन् । शैक्षिक क्षेत्रका विकृति अन्त्यका लागि नीतिगत सुधार, नवप्रर्वद्धन, आविष्कार र आर्थिक वृद्धिको मुद्दा लिएर चुनावमा होमिएका महाबिरले टोलटोलमा पुग्दा पाएको स्वागतले उत्साही भएको प्रतिक्रिया दिए ।

महाविरको चुनावी अभियानको नेतृत्व गरेका चित्र तिलिजा पुन पहिलो मतदाताहरुमा महाविरप्रति देखिएको आकर्षणलाई मतपेटिका सम्म पु¥याउन माहौल बचाईराख्न दोस्रो चरणको अभियानमा निस्कीएको बताए । ‘अहिलेसम्म महाविर सरको पक्षमा देखिएको माहौलबाट उत्साही छौ,’ उनले भने ‘यो माहोललाई मतपेटिकासम्म पु¥याउने वातावरण बनाउन दोस्रो चरणको अभियानमा छौ ।’

संगठनिक आधार नहुनु र राजनीतिक दलले परिचालन गर्ने नेता कार्यकर्ताहरुको सक्रियता तथा रणनीति महाविरका लागि चुनौति हो । नेत्रबिक्रम चन्द (बिप्लप) नेतृत्वको नेकपा (माओवादी)ले दन्द्धकालमा भूमिगत राजनीति गरेका म्याग्दी बहुमुखी क्याम्पसका पुर्व स्ववीयु सभापति क्षेत्रबहादुर घिमिरे (धु्रब) लाई उमेद्वार बनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का डम्मरबहादुर सुवेदी, प्रगतिशिल लोकतान्त्रिक पार्टीका देवेन्द्र कामी, श्रम संस्कृति पार्टीका विनोद राना, राष्ट्रिय जनमोर्चाका छेमबहादुर विश्वकर्मा, मंगोल नेशनल अर्गनाइजेसनका भिमबहादुर लामा र नेशनल रिपब्लिकन नेपालका तुलप्रसाद गर्बुजा उमेद्वार बन्नुभएको छ । सार्वजनिक रुपमा स्वतन्त्र उमेद्वार पुनलाई सघाउने घोषणा गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका युवराज रोकाको उमेद्वारी कायमै छ ।

एकाध बाहेक धेरै राजनीतिक कार्यकर्ताहरु स्थिर देखिन्छन् । मतदाता तहमा अन्यौल र अलमल छ । कुनै पनि दलमा आवद्ध नभएका स्वतन्त्र, नयाँ पुस्ताका र दलित समुदायका मतदाताहरु आसन्न चुनावका लागि म्याग्दीमा निर्णय बन्ने धेरैको अनुमान छ ।

प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि एक वटा निर्वाचन क्षेत्र र छ वटा स्थानीय तह रहेको म्याग्दीमा ८६ हजार तीन सय ९७ जना मतदाता छन् । ८२ वटा मतदान स्थल र एक सय २० वटा मतदान केन्द्र रहेको छ ।

म्याग्दीका उमेद्वारहरुले हिमाली जिल्लाको मान्यतालाई कार्यान्वयन गराउने, सार्वजनिक सेवा प्रवाहलाई प्रबिधीमैत्री बनाएर शुसाषन कायम गर्ने, ढिलासुस्ति हटाउने, कानुन, बजेट र योजनामा जिल्लाबासीको भावना, माग र आवश्यकतालाई समेट्ने प्रतिवद्धता जनाएका छन् ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...