राजनीतिक अनुभव र ज्ञानले मात्र राजनीतिले निकास पाउँछ–मुख्यमन्त्री पाण्डे

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

भगवति, । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुलुकको नेतृत्व गर्ने नेताहरुमा राजनीतिक ज्ञान र अनुभव आबश्यक हुनुपर्नेमा जोड दिनुभएको छ ।
नेपाली काँग्रेस म्याग्दीले शुक्रवार रघुगंगा गाउँपालिका– २ भगवतीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले राजनीतिक नेतृत्वमा ज्ञान र अनुभव भएमा मात्रै मुलुकको निकास र विकास सम्भव हुने धारणा राख्नभयो ।
सामाजिक सञ्जालमा पुराना र नयाँको नाममा भ्रामक सामाग्री राखेर विभाजन ल्याउने र जनतालाई झुक्याउने प्रयासहरु भएको बताउँदै उहाँले अनुभवले पुराना र बिचार तथा योजनाले नयाँ नेतृत्वले मात्रै मुलुकलाई सहि बाटोमा लैजाने बताउनुभयो ।
‘‘उत्तेजनाको राजनीतिले मुलुकलाई अस्थिरतातर्फ लैजान्छ, मुलक चलाउने कुरा क्षणिक लहडको कुरा होइन, मतदाताहरुले विवेक प्रयोग गरेर मतदान गर्नुपर्छ’’– उहाँले भन्नुभयो । नेपालको हरेक परिवर्तनको नेतृत्व काँग्रेसको नेतृत्वमा मात्रै सम्भव भएको दावि गर्दै उहाँले काँग्रेसले आफुबाटै परिवर्तनको सुरुवात गरेकाले मुलुकको परिवर्तनका लागि काँग्रेसकै नेतृत्व आबश्यक रहेको बताउनुभयो ।
संघीयता कार्यान्वयनपछि मुलुकमा पूर्वाधार निर्माणले फड्को मारेको बताउँदै मुख्यमन्त्री पाण्डेले संघ, प्रदेश र स्थानीय सरकारको साझेदारीमा विकास निर्माणमा नेपालमा ठुलो परिवर्तन हाँसिल भएको बताउनभयो ।
गण्डकी प्रदेश सरकारबाट म्याग्दीमा सडक, खानेपानी, सिंचाई लगायतका पूर्वाधार निर्माण क्षेत्रमा उल्लेख्य मात्रामा बजेट तथा कार्यक्रम भित्रिएको बताउँदै मुख्यमन्त्री पाण्डेले आगामी बर्षको बजेटमा समेत म्याग्दीलाई प्राथमिकतामा राखेर पुल, सडक लगायतका पूर्वाधार निर्माणमा बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो ।
म्याग्दीका स्वतन्त्र उमेद्वारप्रति टिप्पणी गर्दै मुख्यमन्त्री पाण्डेले दलिय व्यवस्थामा स्वतन्त्र उमेद्वारलाई जिताएर मतको दुरुपयोग नगर्न मतदाताहरुलाई अनुरोध गर्नुभयो । ‘स्वतन्त्रको दलिय ब्यवस्थामा कानुन र विकास निर्माणमा कुनै भूमिका र महत्व हुदैन,’ उहाँले भन्नुभयो ‘स्वतन्त्र उमेद्वारलाई जिताउनु भनेको मतको दुरुपयोग गर्नु बाहेक केही हुदैन् ।’
युवाहरुको परिवर्तनको आकाक्षालाई काँग्रेसले मात्रै सम्बोधन गर्न सक्ने उहाँको भनाई थियो । कार्यक्रममा नेपाली काँग्रेस म्याग्दीका सभापती खमवीर गर्बुजा र प्रतिनिधि सभा सदस्यका उम्मेदवार केवी भण्डारीले जिल्लाको विकास र संसदमा कानुन निर्माणमा सक्रिय सहभागीताका लागि काँग्रेसको पक्षमा मतदान गर्न आग्रह गर्नुभएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...