धारापानीका चन्द्रदत्त उपाध्यायको घर आगोलागीबाट नष्ट

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीमा आगोलागीबाट एक वटा घर जलेर नष्ट भएको छ ।

धारापानीका चन्द्रचत्त उपाध्यायको ढुङ्गा, माटो र काठले बनेको दुई तले घर बिहिबार राती आगोलागी हुँदा नष्ट भएको हो । आगोलागीबाट उपाध्यायको घर सहित त्यहाँभित्र रहेको अन्नपात, लत्ताकपडा, भाडाकुडा, कागजात र फर्निचरका सबै सामग्री नष्ट भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर तिमिल्सीनाले जानकारी दिनुभयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

बिहिबार राती १०ः१५ मा लागेको आयोग ११ः४० बजे पूर्ण रुपमा नियन्त्रणमा आएको थियो । ताकम प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक बिक्रम तिवारीको खटिएको ८ जना र सशस्त्र प्रहरी सहायक निरीक्षक कमल भण्डारी नेतृत्वको छ जना सुरक्षाकर्मी टोलीका साथै स्थानीयबासीहरुले आगो नियन्त्रणमा लिएका थिए ।

Shreekrishna

आगोलागीको कारण अध्ययन र क्षति विवरण संकलनको क्रममा रहेको प्रहरी निरीक्षक तिमिल्सीनाले बताउनुभयो । घरवास बिहिन उपाध्यायका परिवारलाई छिमेकी आफन्तकोमा अस्थायी बसोबासको ब्यवस्था मिलाइएको छ । दाताहरुले घर पुननिर्माणका लागि सहयोग संकलन अभियान शुरु गरेका छन् ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...