दाताले सहयोग गरेर ज्योती मण्डल माविलाई ऋणमुक्त बनाए

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, ः पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा रहेको ज्योती मण्डल माविलाई दाताहरुले आर्थिक सहयोग गरेर ऋण मुक्त बनाएका छन् ।

निजी स्रोतबाट मावि तह सञ्चालन, जग्गा खरिद, भवन लगायतका पूर्वाधार निर्माणका लागि विद्यालयले प्रअ मेखबहादुर खत्रीको घरजग्गा सहकारीमा धितो राखेर ऋण लिएको थियो ।

पुर्व शिक्षक, ब्यवस्थापन समितिका पुर्व अध्यक्ष तथा बाँसखर्कका पुर्व प्रधानपञ्च स्व. लालबहादुर पुनका नातिनीहरुले सहकारीको ऋण तिरेर विद्याललाई ऋण मुक्त बनाएका हुन् ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

पुन परिवारले सहकारीमा रहेको रु. नौ लाख २९ हजार ऋण तिरेर धितो राखेको जग्गाधनी प्रमाणपत्र फिर्ता गराएको प्रअ खत्रीले जानकारी दिनुभयो ।

लालबहादुरका नातिनी जुवाई कमलबहादुर पुर्जा, नातिनीहरु पार्वति, राधा, सिता, शान्ति र पनती पवनको तर्फबाट विद्यालयलाई सहयोग प्राप्त भएको हो । सहयोगदाताहरुलाई आइतबार बाँसखर्कमा विद्यालयले कार्यक्रम सहित सम्मान गरेको थियो ।

विद्यालयले धितो रहेको प्रअ खत्रीको जग्गाधनी प्रमाणपत्र फिर्ता गरेको थियो । कक्षा १० सम्म पठनपाठन हुने विद्यालयमा ९४ जना विद्यार्थीहरु रहेका छन् ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...