दोस्रो नगर कप ब्याडमिन्टन प्रतियोगितामा म्याग्दी र बागलुङका खेलाडी बिजयी

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

सुरेन गुरुङ
बेनी ः बेनीमा शनिबार सम्पन्न ‘दोस्रो नगर कप’ ब्याडमिन्टन प्रतियोगितामा म्याग्दी र बागलुङका खेलाडी बिजयी भएका छन् ।

बेनी नगरपालिका ब्याडमिन्टन संघले आयोजना गरेको प्रतियोगिताको गण्डकी प्रदेश स्तरीय खुल्ला तर्फ म्याग्दीका रामचन्द्र कार्की र सुन्दर विक तथा साविक धौलागिरि अञ्चल स्तरीय ‘सि’ लेभलमा बागलुङका होमबहादुर सारु भगर र आविश्कार जि.सी. बिजयी हुनुभएको हो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

प्रदेश स्तरीयमा कास्कीका विशाल बस्नेत र सरोज गुरुङ तथा साविक धौलागिरि अञ्चल स्तरीय ‘सि’ लेभलमा म्याग्दीका सज्जन शाक्य र विज्ञान भण्डारीको जोडी उपबिजेता भएका छन् । १४ समूह सहभागि प्रदेश स्तरीयमा म्याग्दीका सुरेन्द्र हमाल र प्रवेश मगर तथा स्याङ्जाका बिमल कुमार र सुमन रानाको जोडि तेस्रो भएका छन् ।

Shreekrishna

४४ समूह सहभागी धौलागिरि स्तरीयमा बागलुङका हिमाल श्रीस मगर र भुवन बुढा तथा राहुल जंग क्षेत्री र खेम (राजु) के.सी.को जोडि तेस्रो भएका छन् । तीन दिनसम्म सञ्चालन भएको प्रतियोगिताको दुवै बिधामा बिजेता, उपबिजेता र तृतीयलाई ट्रफी सहित क्रमश ः रु. ४० हजार पाँच सय ५५, रु. २५ हजार पाँच सय ५५ र आठ हजार पाँच सय ५५ का दरले नगद पुरस्कार वितरण गरिएको बेनी नगरपालिका ब्याडमिन्टन संघका अध्यक्ष सज्जन शाक्यले जानकारी दिनुभयो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले बिजेता खेलाडीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो । प्रवेश मगरको संयोजकत्वमा सञ्चालन भएको प्रतियोगिताको सचिवालय ब्यवस्थापन सचिन शाक्य तथा प्रबिन शाहीले गर्नुभएको थियो । मुख्य अम्पायर राष्ट्रिय रेफ्र सन्जिब श्रेष्ठ, सहायक अम्पाएर राजकुमार शाही र बिपिन घलेले गर्नुभएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...