बेनीमा कुकुरको बन्ध्याकरण शिविर सञ्चालन

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी ः कुकुरको अनावश्यक वृद्धिदर र रेविज रोगको जोखिम न्युनीकरणका लागि बेनीमा शुक्रबारदेखि घरपालुवा तथा सामुदायिक कुकुर र बिरालोको बन्ध्याकरण शिविर शुरु भएको छ ।

बेनी नगरपालिका र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आयोजना गरेको शिविर चार दिनसम्म सञ्चालन हुनेछ । शिबिरमा बेनीमा घरमा पालिएका र सामुदायिक कुकुरहरु खोजेर बन्ध्याकरण गर्ने व्यवस्था मिलाइएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

कुकुरको संख्या घटाउनका लागि बन्ध्याकरण शिविर सञ्चालन गरिएको बेनी नगरपालिकाका पशु चिकित्सक डा. आशिष सापकोटाले बताउनुभयो । कुकुरको अनावश्यक वृद्धिका कारण रेविज रोगको जोखिम हुन्छ ।

Shreekrishna

बन्ध्याकरण गरेपछि कुकुरको अनावश्यक वृद्धिदर रोकिने र खोप लगाएका कुकुरबाट रेविज रोग सर्ने जोखिम हुदैन् । पशु अधिकार सम्बन्धी कानुनले मार्न नपाइने भएकाले कुकुरको वृद्धिदर रोक्नका लागि बन्ध्याकरणको उपाय रोजिएको हो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...