दोस्रो नगर कप ब्याडमिन्टन प्रतियोगिता शुरु

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, ः बेनीमा बिहिबारदेखि दोस्रो नगर कप ब्याडमिन्टन प्रतियोगिता–२०८२ शुरु भएको छ ।

बेनी नगरपालिका ब्याडमिन्टन संघको आयोजनामा शुरु भएको प्रतियोगिता तीन दिन सम्म सञ्चालन हुनेछन् । गण्डकी प्रदेश स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगितामा २० समूहको र साविक धौलागिरि अञ्चल स्तरीय सि लेभल प्रतियोगितामा ४४ जोडीको सहभागिता रहेको खेल संयोजक प्रवेश मगरले जानकारी दिनुभयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

दुई वटै प्रतियोगिताको बिजेतालाई रु. ४० हजार पाँच सय ५५ र उपबिजेतालाई रु. २५ हजार पाँच सय ५५ नगद पुरस्कार प्रदान गरिने बेनी नगरपालिका ब्याडमिन्टन संघका अध्यक्ष सज्जन शाक्यले बताउनुभयो ।

Shreekrishna

तेस्रो हुने दुई÷दुई वटा समूहले रु. आठ हजार पाँच सय ५५ का दरले पुरस्कार पाउनेछन् । प्रतियोगिताका उद्घाटन गर्नुहुदै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले ब्याडमिन्टन खेलले स्वास्थ्यका साथै फुर्सदको समय ब्यवस्थापन र नयाँ पुस्तालाई कुलतबाट बचाउन सहयोग पुगेको बताउनुभयो ।

सचिवालय ब्यवस्थापक सचिन शाक्यले सञ्चालन गर्नुभएको कार्यक्रममा बेनी नगरपालिका ८ का वडा अध्यक्ष उत्तम कर्माचार्यले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...