हाम्राे कास्कीकोट युवा सञ्जालको आयोजनामा ‘जनतासँग उम्मेदवार’ कार्यक्रम सम्पन्न

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

कास्कीकोट, । हाम्राे कास्कीकोट युवा सञ्जालको आयोजनामा ‘जनतासँग उम्मेदवार’ साक्षात्कार कार्यक्रम बुधबार सम्पन्न भएको छ । जनताको साझा मञ्चमा प्रतिनिधि सभा क्षेत्र नम्बर ३ का उम्मेदवारहरूसँग अन्तरक्रिया गरिएको उक्त कार्यक्रम युवा सञ्जालको फेसबुक आईडी तथा विभिन्न सञ्चार माध्यमबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

युवा सञ्जालका संयोजक तिर्थराज अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको पहिलो सत्र संस्थाका व्यवस्थापन संयोजक आविष्कार बस्ताकोटीले सञ्चालन गर्नुभएको थियो । सञ्जालका पूर्व संयोजकहरू तथा अतिथिहरूलाई आसनग्रहणसंगै अगाडि बढाईएको कार्यक्रमको सुरुवातमा राष्ट्रिय गान बजाईएको थियो तत्पश्चात संस्थाका सदस्य अर्जुन सुवेदीले स्वागत मन्तव्य राख्नुभएपछि कार्यक्रमको बांकी सत्र अनलाइन खबरका पत्रकार अमृत सुवेदीले सञ्चालन गर्नुभएको थियो ।

अन्तरक्रियामा उम्मेदवारहरु बिना गुरुङ (रास्वपा), गोपाल गिरी (नेपाली कम्युनिस्ट पार्टी), अर्जुन खनाल (राप्रपा), हितकाजी गुरुङ (श्रम संस्कृति पार्टी) र टेक बहादुर सार्की (संयुक्त नागरिक पार्टी) सहभागी हुनुभएको थियो । स्थानीय बासिन्दाहरूले उठाएका गर्विला तथा समयसापेक्ष प्रश्नहरूको उम्मेदवारहरूले प्रत्यक्ष सामना गर्दै विकास, सुशासन, रोजगारी, पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा सामाजिक उत्तरदायित्वका विषयमा आ–आफ्ना एजेन्डा र प्रतिबद्धता सार्वजनिक गर्नुभएको थियो ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

कार्यक्रममा नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवारहरूका लागि पनि कुर्सी व्यवस्थापन गरिएता पनि उहाँहरू कार्यक्रममा उपस्थित हुनु भएन र कार्यक्रम अवधिभर नै निर्धारित आसन खाली रह्यो । आयोजकद्वारा सबै उम्मेदवारलाई साझा मञ्चमा उपस्थित भई जनताका प्रश्नको सामना गर्न आग्रह गरेकोमा उहाँहरुको अनुपस्थितिको कारणबारे औपचारिक जानकारी प्राप्त नभएको जनाईएको छ ।

प्रतिनिधि सभा नीति निर्माण गर्ने प्रमुख थलो भएकाले यहाँबाट तय हुने नीतिले देशको दीर्घकालीन दिशा निर्धारण गर्ने र उम्मेदवारहरूले केवल चुनावी आश्वासनभन्दा माथि उठेर स्पष्ट नीति, व्यवहारिक योजना र कार्यान्वयनको दृष्टिकोणसहित जनतासामु प्रस्तुत हुनुपर्ने सन्देश कार्यक्रमले दिएको आयोजकको भनाइ छ।

कार्यक्रमले चुनावी समयमा घरदैलोमा हुने अनावश्यक खर्चभन्दा साझा मञ्चमार्फत बहस, पारदर्शिता र उत्तरदायित्वको संस्कार विकास गर्न सकिने उदाहरण प्रस्तुत गरेको सहभागीहरूको प्रतिक्रिया रहेको छ । कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण उम्मेदवार, अतिथि, प्राविधिक टोली, सञ्चारकर्मी तथा सञ्चार माध्यमबाट प्रत्यक्ष प्रसारण हेरी प्रतिक्रिया जनाउने र क्षेत्र नम्बर ३ का सम्पूर्ण मतदाता एवं देश विदेशमा रहनुभएका नेपालीजनप्रति आयोजकले आभार व्यक्त गरेको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...