म्याग्दीका इञ्जिनियरहरुद्धारा सवइञ्जिनियरको हत्यामा संलग्नलाई कारबाहीको माग

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । म्याग्दीमा कार्यरत इञ्जिनियरहरुले पूर्वाधार विकास कार्यालय मलङ्गवामा कार्यरत सब–इन्जिनियर प्रमोदकुमार यादवको गोली हानी हत्या गर्ने घटनामा संलग्नको पहिचान र कारबाहीको माग गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य मार्फत गृहमन्त्री ओमप्रकाश अर्याल समक्ष ध्यानाकर्षणपत्र पठाएका हुन् । पूर्वाधार विकास कार्यालयमा कार्यरत रविन चोखालको नेतृत्वमा प्रशासनमा पुगेका म्याग्दी स्थित सरकारी कार्यालयमा कार्यरत इञ्जिनियरहरुको टोलीले ध्यानाकर्षणपत्र बुझाएको हो ।

३६ वर्षीय यादवको आइतबार बेलुका ८ बजेतिर मलङ्गवा नगरपालिका–१०, देवीटोलस्थित डेरामा गोली प्रहार गरी हत्या भएको थियो । सिराहाको सुखीपुर नगरपालिका–९, बैसाखा घर भएका यादवको हत्या रहस्यमय देखिएको छ । प्रहरीले मङ्गलबार दिउँसोसम्म घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्न सकेको छैन ।
आन्दोलित कर्मचारीले दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका हुन् । माग पूरा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन । प्रमुख जिल्ला अधिकारीले ध्यानाकर्षणपत्र गृह मन्त्रालयमा पठाउने र म्याग्दीमा सुरक्षित रुपमा काम गर्ने वातावरण बनाउने प्रतिवद्धता जनाउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...