म्याग्दीका उमेद्वारको चुनावी मुद्दा ः मध्य पहाडी लोकमार्गको बैकल्पिक सडक

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी ः आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनमा म्याग्दीका उमेद्वारहरुले जिल्लाको पश्चिमी क्षेत्र भएर ढोरपाटन हुदै पुर्वी रुकुम जोड्ने बैकल्पिक सडक बनाउने मुद्दा अघि सारेका छन् ।

बेनी देखि घतान–पात्लेखेत–झिँ– पाखापानी– ठाडाखानी– कुइनेमंगले– मल्कवाङ– मराङ– बिम– दरवाङ हुदै बेनी जोड्ने पाँच वटा स्थानीयलाई समेट्ने राहुघाट म्याग्दी चक्रपथ सडक योजना पनि उमेद्वारहरुको पूर्वाधारतर्फ प्राथमिकतामा परेको मुद्दा हो ।

जिल्ला सदरमुकाम बेनी देखि उत्तरी क्षेत्रमा रहेको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुदै मुस्ताङको कोरला नाका जोड्ने सडक स्तरोन्नति गर्ने पछिल्ला तीन वटा चुनावी प्रतिवद्धता पुरा गरेका राजनीतिक दलहरुले राहुघाट र म्याग्दी कोरिडोरको समग्र विकासका लागि राहुघाट–म्याग्दी चक्रपथ र ढोरपाटन हुदै पुर्वी रुकुम जोड्ने मध्य पहाडी लोकमार्गको बैकल्पिक सडक बनाउने मुद्दालाई जोड दिएका हुन् ।

Shreekrishna

मध्य पहाडी लोकमार्गको बागलुङ खण्डको तुलनामा म्याग्दी भएर ढोरपाटन हुदै पुर्वी रुकुम पुग्ने सडक ६५ देखि ७० किलोमिटर छोटो पर्ने भएकाले बैकल्पिक सडक बनाउन सकेमा पर्यटन, सामाजिक, आर्थिक क्षेत्रमा परिवर्तन ल्याउन सकिने नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार अर्जुन थापाले बताउनुभयो ।

गत हप्ता बेनी आएका नेकपाका संयोजक तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थापाको प्रस्तावप्रति समर्थन गर्दै साथ दिने प्रतिवद्धता जनाउनुभयो । दाहाल पुर्वी रुकुमबाट प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि उमेद्वार बन्नुभएको छ ।

बेनी–जोमसोम–कोरला सडक सहज हुँदा म्याग्दी हुदै मुस्ताङमा वार्षिक आठ लाख भन्दा बढी पर्यटक आवत जावत गर्दा त्यसको लाभ जिल्लाले पाउन थालेकाले पश्चिमी र राहुघाट क्षेत्रमा पनि सडक यातायातको पूर्वाधारलाई सहज बनाउन सकेमा बसाईसराई रोकिने, रोजगारी सिर्जना हुने र आयआर्जन वृद्धिमा सहयोग पुग्ने नेपाली काँग्रेसका उमेद्वार कर्णबहादुर भण्डारी (के.बी)को भनाई छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

नेकपा एमालेका उमेद्वार हरिकृष्ण श्रेष्ठले सडक पूर्वाधार विकासको मुख्य आधार भएकाले नागरिकको माग र स्थानीय आवश्यकताका आधारमा रणनीतिक महत्वका सडक योजनालाई प्राथमिकता दिने बताउनुभयो ।

बेनी देखि ७५ किलोमिटरको दुरीमा ढोरपाटन पुग्न सकिने यो सडकलाई धवलागिरी गाउँपालिका मात्र नभएर पश्चिम म्याग्दीको समग्र पूर्वाधार विकास, आर्थिक सामाजिक क्षेत्रको रुपान्तरणका लागि महत्वपूर्ण आधारका रुपमा लिएका हुन् ।

हाल प्रयोगमा आइरहेको बागलुङ देखि ढोरपाटन जोड्ने सडकको दुरी एक सय २६ किलोमिटर छ । बेनी देखि वि.स. २०५५ मा यो सडक निर्माण सुरु भएको थियो । बेनी देखि मुना–खोरीया–मरेनी हुदै जलजला करिब ६४ किलोमिटर सडकको मार्ग यसै बर्ष खुलेको हो ।

पूर्वीरुकुमको टकसेराबाट ढोरपाटनको निसिलढोरसम्म आठ किलोमिटर सडकले जोडिन बाँकी छ । जलजला, ढोरपाटन र उत्तरगंगा जाने पर्यटक तथा स्थानीयबासीहरुलाई यो सडक छोटो पर्ने भएकाले मुना–ढोरपाटन खण्डको स्तरोन्नति र ढोरपाटन पुर्वी रुकुम मार्ग खुलाउने विषय म्याग्दीको साझा मुद्दा बनेको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।

प्रदेश सरकारले दरवाङ देखि ताकम मुना जोड्ने करिब १७ किलोमिटर सडक स्तरोन्नति गर्न दुई वटा शिर्षकमा योजना सञ्चालन गरेको छ । मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्ग र पूर्वी रुकुमसम्म जोडिने पश्चिम म्याग्दीको लाइफ लाइन मानिएको यो सडकको स्तरोन्नति र कालोपत्रका लागि बजेटको व्यवस्थापन र योजना कार्यान्वयनमा उमेद्वारहरुले साझा मुद्दा बनाएका हुन् ।

पुर्वी रुकुम, म्याग्दी र बागलुङ जिल्लाको एक हजार तीन सय २५ बर्गमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन नेपालको एकमात्र शिकार आरक्ष हो । विश्वभरका शाहासी शिकारीहरुको गन्तब्य ढोरपाटन पछिल्लो समय नेपाली पर्यटकहरुको पनि रोजाईमा परेको छ । यो आरक्ष पर्यटनका लागि मात्र नभएर ढोरपाटनको जैविक, सांस्कृतिक, पर्यटकीय, धार्मिक लगायत धेरै अवसरहरु छन् ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...