म्याग्दीमा काँग्रेसले सभा मार्फत चुनाव प्रचार थाल्यो

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । नेपाली काँग्रेस म्याग्दीले फागुन २१ गते हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचनमा आफ्ना उमेद्वारलाई जिताउन प्रचारप्रसारलाई आक्रामक बनाएको छ ।

घरदैलो र नेता कार्यकर्ता तहमा पुगेर एक महिनासम्म पार्टीको आन्तरिक र अन्य प्रतिस्पिर्धीहरुको शक्ति आँकलन गरेको काँग्रेसले निर्वाचन आयोगले उपलब्ध गराएको समय तालिका अनुसार सोमबारदेखि चुनाव प्रचारलाई फरक दंगले अघि बढाएको हो ।

प्रत्येक वडामा कार्यकर्ता, मतदाता र शुभेच्छुकहरुलाई घरदैलोमा परिचालन गर्ने, उमेद्वार कर्णबहादुर भण्डारी आफै अधिकतम मतदाताकहाँ पुग्ने र सबै वडामा सभा गरेर चुनावी माहौल बनाउने रणनीति बनाएको छ ।

Shreekrishna

सोमबार एकै दिन बेनी नगरपालिकाको वडा नं. ९ घतान, वडा नं. ५ पुलाचौर र वडा नं. ६ अर्थुङ्गेमा चुनावी सभा गरेको काँग्रेसले राष्ट्रिय राजनीतिक परिस्थिति, पार्टीको भूमिका, योजना, विगतमा आफ्ना जनप्रतिनिधीले गरेका काम र उमेद्वारका प्रतिबद्धता मतदाता समक्ष पु¥याउन जोड दिएको छ ।

नेपालको पुरानो र विभिन्न राजनीतिक परिवर्तनको अगुवाई गरेको काँग्रेसको नेतृत्व परिवर्तनसँगै काँग्रेस सुध्रिएको सन्देश जनतासम्म पु¥याउन काँग्रेसले जोड दिएको केन्द्रिय सदस्य रेशम बहादुर बानियाले बताउनुभयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

“बिशेष महाधिवेशनपछि विगतका कमजोरी सच्चाएर काँग्रेस सुध्रिएर आएको छ,” उहाँले भन्नुभयो “२००७ सालदेखि अहिलेसम्मका सबै राजनीतिक परिवर्तनमा काँग्रेसलेनै समाधान गरेको हुँदा अहिले नेपालको राजनीतिक समस्याका समाधानका लागि पनि हाम्रै नेतृत्व आवश्यक छ भन्ने विषय जनताले बुझ्नुपर्छ ।”

निर्वाचन परिचालन समितिका संयोजक समेत रहेका बानियाले म्याग्दीमा काँग्रेस आन्तरिक रुपमा एकतावद्ध रहेको र पार्टीका सबै शक्तिहरु चुनावमा केन्द्रित भएकाले आफ्नो पक्षमा परिणाम आउने दावी गर्नुभयो ।

नेपाली काँग्रेस म्याग्दीका सभापति समेत रहेका प्रतिनिधीसभाका निवर्तमान सांसद तथा पुर्व राज्यमन्त्री खमबिर गर्बुजाले आफ्नो तीन वर्षे कार्यकालमा भएका महत्वपूर्ण कामका बारेमा जानकारी गराउनुभयो ।

“रघुगंगा र बेनी नगरपालिकालाई समेट्ने बृहत घोप्टेखोला खानेपानी आयोजना कार्यान्वयन शुरुवात भएको छ, प्रदेश सरकारसँग समन्वय गरेर बेनी–पाखापानी सडक योजना सुरुवात गरेका छौ,” उहाँले भन्नुभयो “मेरा कार्यकालमा शुरु भएका अधुरा कामलाई पूर्णता दिनका लागि म्याग्दीमा यसपाली काँग्रेसका उमेद्वार केवी भण्डारीलाई जिताउन आवश्यक छ ।”

उमेद्वार भण्डारीले विदेश र सहरबाट १६ वर्षअघि म्याग्दीमा आएर जनताको सेवामा लागेको बताउदै आफ्ना योजनाहरु सुनाउनुभयो । कानुन विषय अध्ययन गरेका आधारमा नीति निर्माण कार्यमा आफू सक्षम र विगतको अनुभवले सिंहदरबारसँग पहुँच बनाएर योजना तथा बजेट भित्र्याउन सक्ने विश्वास दिलाउनुभयो ।
हिमाली जिल्लालाई कार्यान्वयनमा ल्याउने र नीतिगत समस्याका कारण बन्द भएका तामा खानीलाई सञ्चालनमा ल्याउने, स्लेट खानीहरुलाई ब्वस्थित गर्ने, पर्यटन उद्यमबाट रोजगारी सिर्जना गराउने योजना सुनाउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...