माटोको ढिस्कोले पुरिएका तीन मजदुरको उद्धार

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी ः म्याग्दीको मंगला गाउँपालिका–२ सल्यानमा शनिबार माटोको ढिस्कोले पुरिएका तीन जना मजदुरको उद्धार गरिएको छ ।

बाबियाचौर–सल्यान सडकको ग्यावीयन पर्खाल लगाउने क्रममा ढिस्को खसेर पुरिएका उनिहरुलाई स्थानीयबासी र सुरक्षाकर्मीहरुले डोजर परिचालन गरेर तत्कालै उद्धार गरेका हुन् ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

रोल्पाको सुनछहरी गाउँपालिका–२ का टेकबिर बुढामगर, सतबहादुर बुढामगर र केशमान बुढामगरलाई उद्धार गरि उपचारका लागि प्रदेश अस्पताल बेनीमा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Shreekrishna

प्रदेश अस्पताल बेनीमा उपचाररत मजदुरहरु खतरामुक्त रहेका छन् । दिउँसो १ बजेको समयमा काम गरिरहेको अवस्थामा एक्कासी माटोको ढिस्को खसेर उनिहरुलाई पुरेको थियो ।

इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक रनिन्द्र कार्की र बाबियाचौर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक सुमन थापाको नेतृत्वको २२ जना सुरक्षाकर्मी तथा स्थानीयबासीहरुले डोजरको सहायताले माटो पन्छाएर मजदुरको उद्दार गरेका थिए ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...