प्रदेश स्तरीय छात्रा भलिबलमा बेनी सामुदायिकको पहिलो जित

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

ताराखोला । बेनी सामुदायिक माविले प्रदेश स्तरीय छात्रा भलिबल प्रतियोगितामा पहिलो जित हाँसिल गरेको छ ।
नेपाल माध्यमिक विद्यालय ताराखोला गाउँपालिका –४ ताराको ५७ औ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित छात्रा भलिबल प्रतियोगितामा पोखराको शान्त माविलाई एकका विरुद्ध तीन सेटले पछि पार्दै बिजयी भएको हो ।
बेनी सामुदायिक माविका प्रअ भिम घर्तीले पहिलो पटक प्रदेश स्तरीय प्रतियोगितामा जित हाँसिल भएको बताउनुभयो । समिक्षा थापाको कप्तानीमा बेनी सामुदायिकका छात्रा भलिबलका खेलाडीहरु प्रतियोगितामा भाग लिन ताराखोला पुगेका थिए ।
११ समुह सहभागि छात्रा भलिबलमा ट्रफि सहित बिजेतालाई नगद रु. ४६ हजार र उपबिजेतालाई रु. २६ हजार नगद पुरस्कार प्रदान गरिएको नेपाल माविको ब्यवस्थापन समितिका अध्यक्ष पदम खत्री (दिवस)ले जानकारी दिनुभयो ।
वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको १६ समूहको सहभागिता रहेको माध्यमिक तह स्तरीय छात्र भलिबल प्रतियोगितामा शिव मावि काँडेबास प्रथम र न्यूलाईफ बोर्डिङ स्कुल गल्कोट हटिया द्वितीय भएका छन् ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना


छात्र भलिबलतर्फ बिजेता र उपबिजेतालाई ट्रफि सहित नगद रु. ६६ हजार र रु. ४६ हजार पुरस्कार प्रदान गरिएको छ । माघ २६ गतेदेखि सुरु भएको वार्षिक उत्सवको अवसरमा आयोजना गरिएका विभिन्न कार्यक्रमहरूसँगै मूल समारोह समेत शुक्रबार सम्पन्न भएको हो ।
मूल समारोहलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सभा सदस्य तथा पूर्व भौतिक तथा पूर्वाधार मन्त्री रेशम जुग्जालीले विद्यालयमा भएको भौतिक विकास र शैक्षिक विकासको खुलेर प्रशंसा गर्नुभएको थियो ।
उहाँले ताराखोलाको विकासका लागी आफुले सकेजती कोशिस गरिरहेको र सधै गरिरहने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो । ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर बिक, वडा नम्बर ४ का वडा अध्यक्ष जितबहादुर खत्री, अक्षयकोष दाता पोकबहादुर चोखाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने बिद्यालयका प्रधानाध्यापक प्रकाश रोकाले आ ब २०८१÷८२ को शैक्षिक भौतिक तथा आर्थिक गतिबिधि सहितको बिद्यालय प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
११ समूहको सहभागिता रहेको सामूहिक नृत्य प्रतियोगितामा नेपाल माध्यमिक विद्यालय प्रथम शिव मावि काडेबास द्वितीय र त्रिशुली प्राथमिक विद्यालयले तृतीय स्थान हासिल गरेका छन् । उत्सवकै अवसरमा आयोजना गरिएको १५ समूहको सहभागिता रहेको अन्तर प्रा वी स्तरीय स्व पदम चन्द्र स्मृति हाजिरी जवाफ प्रतियोगितामा शिव मा वि काँडेबास प्रथम र मालारानी आधारभूत विद्यालय द्वितीय र नेपाल मावि ताराले तृतीय स्थान हासिल गरेका छन् ।
१६ समूहको सहभागिता रहेको खुल्ला वडास्तरीय शिक्षक कर्मचारी भलिबल प्रतियोगितामा बडीगाड गाउँपालिका वडा नं ४ प्रथम र जयन्ती मावि भकिम्ली म्याग्दी द्वितीय स्थान हासिल गरेको छ ।
त्यसैगरी अभिभावकतर्फको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा वडा नम्बर ४ का अभिभाबक प्रथम र वडा नम्बर ३ का अभिभाबक ले द्वितीय स्थान हासिल गरेको खेल संयोजक लोक बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
विद्यालयका विभिन्न अक्षय कोष दाताहरू, फाउन्डेसन कोष स्थापना दाताहरू, वार्षिक उत्सवका सहयोगीहरुलाई मूल समारोहको अवसरमा खादा र सम्मानपत्रद्वारा सम्मान गरिएको छ । कार्यक्रममा विद्यार्थीहरूको सांस्कृतिक नीति जनचेतनामूलक नाटक र राष्ट्रिय कलाकार विष्णु खत्रीको सांगितिक प्रस्तुति रहेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिवस खत्री पदमको अध्यक्षता, शिक्षक अभिभावक संघका अध्यक्ष धनबहादुर खत्रीको स्वागत र शिक्षक खगेन्द्र विश्वकर्मा र विवेक परिवारको सञ्चालनमा सम्पन्न भएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...