जलजलाका सबै घाटमा एकै पटक शवदाह स्थल निर्माण शुरु

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले पालिका भित्र रहेका सबै शवदाह स्थललाई एकै पटक ब्यवस्थित गर्न आयोजना निर्माण शुरु गरेको छ ।

संघीय सरकारसँगको लागत साझेदारीमा जलजला गाउँपालिकाले १८ ठाउँका शवदाह स्थलमा पूर्वाधार निर्माण गरेर ब्यवस्थित बनाउन लागेको हो । जलजलाको अधिकांश शवदाह स्थल कालीगण्डकी नदीको किनारमा रहेका छन् ।

लेकफाँट, वनमडे, डाडाकटेरी, लोप्रे, कुवापानी, बनौ लगायत जनजाती बस्तिको माथिल्लो क्षेत्रका घाटहरुलाई पनि ब्यवस्थित बनाइने भएको छ । रु. दुई करोड ५८ लाखमा ठेक्का सम्झौता गरेको जेआरएस इञ्जिनियरिङ सोलुसन एण्ड कन्ट्रक्सन दाङले योजना निर्माणको काम शुरु गरेको छ ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

पानी परेको अवस्थामा पनि शव जलाउन मिल्ने सत्तल, घाटमा पुग्ने पदमार्ग, कपडा फेर्ने ठाउँ, मलामी बस्ने आश्रयस्थल, शौचालय, पानी, विद्युतको ब्यवस्था मिलाउन पूर्वाधार तयार पारिने जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो ।

“धेरै मानिसको जमघट हुने घाटमा पूर्वाधार अभावमा नागरिकले समस्या भोग्नुपरेको गुनासो आएपछि राष्ट्रिय योजना आयोगमा समपुरक बजेटका लागि गरेको प्रस्ताव स्विकृत भएपछि आयोजना कार्यान्वयन थालिएको हो,” उहाँले भन्नुभयो “चालु आर्थिक वर्षभित्रनै सम्पन्न गर्ने लक्ष्य सहित योजना निर्माण अघि बढेको छ ।”

शवदाह स्थल नजिकै हिन्दु मृत्यु संस्कारमा आवश्यक पर्ने बर र पिपलको बिरुवा पनि रोपिनुका साथै संरक्षण समिति बनाएर समुदायलाई हस्तान्तरण गरिने भएको छ । व्यवस्थित घाट नहुँदा बर्खामा बाढीले जलाउदै गरेको शव बगाउने, मलामीहरुले गर्मीमा चर्को घामको सामना र झरीमा रुझ्नुपर्ने समस्या रहेको छ ।

जलजला गाउँपालिकाको वडा नम्बर ६ शालीजामा भने यसअघिनै दुई वटा घाट निर्माण भएर प्रयोगमा रहेका छन् । योजना मार्फत डमुवाखोला, लस्ति, खनियाघाट, मिलनचोक, वारीबेनी लगायत कालीगण्डकी किनारको घाट बनाउन लागिएको हो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...