वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा म्याग्दीमा बेनी नगरपालिका पहिलो

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी। प्राकृतिक स्रोत तथा वित्त आयोगले विहिबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१÷०८२ को कार्य सम्पादन मूल्याङ्कनमा म्याग्दीमा बेनी नगरपालिका जिल्लामा पहिलो भएको छ ।
आयोगले देशभरका सात सय ५३ पालिकाको आर्थिक बर्ष २०८१÷८२ को कार्यसम्पादनलाई विभिन्न १७ सूचकमा मूल्यांकन गरेको थियो । कुल एक सयमा बेनी नगरपालिकाले ७५ दशमलब ७३ अंक ल्याएर जिल्लामा पहिलो बनेको हो ।
६६ दशमलब ५४ अंक प्राप्त गरेको मंगला गाउँपालिका दोस्रो, ६४ दशमलब ५२ अंक ल्याएको अन्नपूर्ण गाउँपालिका तेस्रो भएको छ । ६० दशमलब ६० अंक ल्याएको मालिका गाउँपालिका चौथो, ५७ दशमलब ४६ अंक ल्याएको धवलागिरी गाउँपालिका पाँचौ र ५४ दशमलब ४६ अंक ल्याएको रघुगंगा गाउँपालिका छैटो बनेको छ ।
असार १० भित्र बजेट सार्वजनिक गरे÷नगरेको, असार मसान्तभित्र बजेट पास गरे÷नगरेको, घरजग्गा रजिष्ट्रेशन शुल्क लगायतका राजस्व संचित कोषमा दाखिला गरे÷नगरेको लगायतका कार्यलाई मूल्याकंनको आधार मानेको छ ।
त्यसैगरी आगामी आर्थिक बर्षको बजेट प्रक्षेपणसहितको विवरण अर्थ मन्त्रालयमा बुझाए÷नबुझाएको, बजेट समिक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे÷नगरेको पनि सूचक रहेको छ ।
त्यस्तै राजस्व परिचालन, बजेट खर्चको अवस्था, बेरुजु, सूत्र सफ्टवेयर प्रयोग, विद्यार्थी भर्ना दर, कक्षा नौ मा विद्यार्थी टिकाउ दर, चारपटक गर्भ जाँच गर्ने महिला अनुपात, एसइई परीक्षाको नजिता, खोप लगाएका बालबालिकाको अनुपातलाई पनि आयोगले आफ्नो मूल्याकंनमा समावेश गरेको छ ।
बेनी नगरपालिका विभिन्न मूल्याङ्कनमा जिल्लामा पहिलो बन्दै आएको छ । बेनी नगरपालिकाका प्रमुख सुरत केसीले कर्मचारी र जनप्रतिनिधिबीचको समन्वय, काममा हस्तक्षेप नगर्ने, बेरुजु सकेसम्म कम गराउने, भएका बेरुजुको समयमै फस्र्यौट गर्ने र सेवा प्रवाहलाई प्रभावकारी बनाउदा कार्यसम्पादनमा अब्बल भएको बताउनुभयो ।
उपप्रमुख ज्योती लामिछानेले सेवा प्रवाहका साथै प्रशासनिक कार्यमा कडाई हुँदा कार्यसम्पादनमा अब्बल भएको प्रतिक्रिया दिनुभयो । तोकिएको संख्यामा वर्षमा तीन पटक सार्वजनिक सुरुवाई, बेरुजु न्यूनिकरण एवं फस्र्यौट, काम सम्पन्न भइसकेपछि पुरा कागजपत्र आएपछि मात्र भुक्तानी लगायतका सुधारका कार्यहरु गरेको उहाँको भनाई छ ।
लिजा, कार्यसम्पादन मूल्याकंन लगायतका सूचकांकमा पालिका अन्य समयमा पनि अगाडी आएको भन्दै नगर प्रमुख केसी र उपप्रमुख लामिछानेले विकासको लागि आम नागरिकको तर्फबाट रचनात्मक सुझावको पनि आवश्यकता रहेको बताउनुभयो ।
कार्यसम्पादन मूल्याकंनले पालिकाको सेवाप्रवाह, नागरिकको सन्तुष्टि, शुसाशनका मापदण्डको पालना लगायतका कार्यको इकिंत गर्ने हुँदा म्याग्दीका सबै स्थानीय तहहरुले नतिजालाई थप सुधार गर्नुपर्ने स्थानीयबासीले बताएका छन् ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...