
बेनी ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा रहेको मुक्तिमार्ग माविका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ ।
हिमालयन फ्रेण्ड्स इ.भि. जर्मनी संस्थाको आर्थिक सहयोगमा शैक्षिक सत्र २०८२ का लागि कक्षा १ देखि १२ सम्मका ४५ जना विद्यार्थीहरुलाई जनही रु. चार हजारका दरले कुल रु. एक लाख ८० हजार छात्रवृत्ति (स्टेशनरी सागम्री तथा पोशाक) सहित विरण गरिएको हो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ठाकुरप्रसाद बरुवाल, वडा सदस्य पुष्पा बरुवाल, शिक्षक अभिभावक संघका अध्यक्ष तिलकबहादुर खड्काको उपस्थितिमा छात्रवृत्ति वितरण गरिएको मुक्तीमार्ग माविका प्रअ रामकृष्ण खड्काले जानकारी दिनुभयो ।

हिमालयन फ्रेण्डस संस्थाका प्रमुख मार्जिट इजिमन मन र नेपाल प्रतिनिधी प्रशान्त रेग्मीको समन्वयमा मुक्तिमार्ग माविमा छात्रवृत्तिका साथै एक जना कम्प्युटर विषय शिक्षकको ब्यवस्थापन पनि हुदै आएको छ ।

