भगवतिमा प्रहरी चौकीको भवन बनाउन जग्गा दान

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ राखु भगवतिमा प्रहरी चौकीको भवन निर्माण गर्न स्थानीयबासीले निशूल्क जग्गा उपलब्ध गराएका छन् ।

भगवतिका राज गिरीले तीन रोपनी जग्गा मंगलबार राखु भगवति प्रहरी चौकीलाई उपलब्ध गराउनुभएको हो ।

सरकारी दररेट अनुसार करिब रु. १४ लाख मूल्य कायम भएको जग्गा स्थानीय बजारभाउमा बढी पर्ने जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापाले बताउनुभयो । जग्गादाता गिरी र उहाँकी श्रीमतिलाई जिल्ला प्रहरी कार्यालयले सम्मान पनि गरेको छ ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

जग्गा प्राप्त भएपछि भवन निर्माणका लागि बजेट र योजना माग गरिने उहाँले बताउनुभयो । राखु भगवति प्रहरी चौकी हाल भाडाको घरबाट सञ्चालन हुदै आएको छ ।

म्याग्दीको इलाका प्रहरी कार्यालय दरवाङ, घोडेपानी, बाबियाचौर, गलेश्वर, रत्नेचौर, मंगलाघाट, चिमखोला, तिप्ल्याङ, दाना र घारको प्रहरी इकाईको अझै आफ्नै भवन छैन् ।

सामुदायिक भवन र भाडाको घरबाट ती चौकीहरु सञ्चालन भएका छन् । जग्गा प्राप्ति प्रहरी चौकीको भवन निर्माणका लागि मुख्य चुनौति बनेको छ ।

सिंगा तातोपानी प्रहरी चौकीको हालै भवन निर्माण भएको छ । बेनीको जिल्ला प्रहरी, कालीपुल, भुरुङ्ग–तातोपानी, मौवाफाँट र ताकम प्रहरी चौकीको आफ्नै भवन रहेका छन् ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...