
बेनी । बेनी नगरपालिका–४ मा सिंगा तातोपानीमा रहेको सरस्वती माविको ५४ औ वार्षिकोत्सव तथा विविध खेलकुद कार्यक्रम सम्पन्न भएको छ ।
वार्षिकोत्सवको अवसरमा विद्यालयमा सिसिटिभी क्यामेरा जडान र अन्य क्रियाकलापमा सहयोग गर्ने चन्दादाताहरुलाई सम्मान, अर्धवार्षिक नतिजा प्रकाशन तथा पुरस्कार वितरण, विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमको पुरस्कार वितरण गरिएको थियो ।

यही माघ ११ देखि १३ गतेसम्म खेलकुद कार्यक्रम भएको थियो भने १४ गते वार्षिकोत्सव मनाइएको शिक्षक दिनेश केसीले बताउनुभयो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रमान शाक्यको अध्यक्षता, बेनी नगरपालिकाका नगर शिक्षा अधिकारी क्षेत्रबहादुर भण्डारीको प्रमुख आतिथ्यता, वडा सदस्य केन खत्री (सन्दिप)को बिशिष्ट आतिथ्यता रहेको कार्यक्रममा प्रअ गुरुदत्त पौडेलले स्वागत र शिक्षक दिनेश विष्टले सञ्चालन गर्नुभएको थियो ।


कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका सदस्य अमरबहादुर खत्री, शिक्षक अभिभावक संघका अध्यक्ष दधिलाल अधिकारी, तातोपानी स्वास्थ्य चौकीका प्रमुख हरिलाल अधिकारी, जलमाई भगवति आमा समूहका अध्यक्ष हिरामती थापा र चन्दादाता शिक्षक श्रीकृष्ण अधिकारीले मन्तब्य व्यक्त गर्नुभएको थियो । शिक्षक रामप्रसाद अधिकारीलाई बिदाई गरिएको थियो ।

