मराङमा नेकपाको निर्वाचन परिचालन समिति गठन

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीबाट उमेद्वार बनेका अर्जुुन थापालाई जिताउन धवलागिरी गाउँपालिका–६ मराङमा मंगलबार निर्वाचन परिचालन समिति गठन भएको छ ।

गौबहादुुर केसी (कृष्ण)को संयोजकत्वमा गठन भएको समितिको सहसंयोजकमा चक्रपाणी सुवेदी, इन्द्र केसी, तमबहादुर पुुन, सचिवमा देविन्द्र जुुग्जाली, सहसचिवमा सुुमन केसी, कमल गुुरुङ र कोषाध्यक्षमा क्षम जुुग्जाली रहनुभएको छ । चक्र पुुन सल्लाहकार, बिर्खलाल गुुरुङ संरक्षक, चक्रे पुुन संरक्षक, बालकृष्ण सुवेदी संरक्षक र गोविन्द केसी इञ्चार्ज रहनुुभएको छ ।

कार्यक्रममा उमेद्वार अर्जुुन थापाले संसदमा म्याग्दीका मुद्दा उठाउन र कानुुनमा म्याग्देलीको भावना समेट्ने, विकास निर्माणका लागि समन्वय, सहजिकरण, पूूर्वाधारको जगमा म्याग्दीको आर्थिक सामाजिक विकासका लागि आफू उमेद्वार भएको बताउनुभयो ।

Shreekrishna

नेपाली कम्युुनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुुग्जालीले नेकपाबाट यसअघि निर्वाचित जनप्रतिनिधीले गरेको काम हेरेर थापालाई मतदानका लागि अपिल गर्नुभयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

बिम–मराङ– मल्कवाङ सडक स्तरोन्नतिका लागि केही दिनमै रु. पाँच करोडको बहुुबर्षीय ठेक्का आव्हान हुुने जानकारी दिनुभयो । नेकपाका केन्द्रिय सदस्य टेकबहादुुर बिकले नेकपाका संयोजक प्रचण्ड नेतृत्वको सरकारले भ्रष्ट्राचारीलाई कारबाही र शुुसाषनको पक्षमका काम गर्न थालेपछि एमाले र काँग्रेसको गठबन्धन बनेको र त्यो सरकारका गतिबिधीका कारण जेनजी आन्दोलन भएको बताउनुभयो ।

बिध्वसं र दमन गर्नेहरुलाई चिनेर जेनजीले अहिले उठाएका मुुद्दा दशक अघिदेखि उठाउदै आएको नेकपाको नेतृत्व भएमा देशमा स्थीरता, विकास र शुुषासन तथा सामाजिक न्याय हुुने बिकले बताउनुभयो ।

नेकपा धौलागिरीका पुर्व अध्यक्ष याम रोका र अध्यक्ष रिमप्रकाश थापाले धौलागिरी गाउँपालिकाले पहिलो पटक संघिय सांसद बनाउने अवसर गुमाउन नहुुने बताउनुभयो । नेकपा धौलागिरी गाउँपालिकाका इञ्चार्ज रेशम पुनमगरले वडा, पालिका, प्रदेश र संघमा नेकपाका जनप्रतिनिधी भएमा स्थानीय अपेक्षा अनुुसारको काम गर्न सहज हुुने बताउनुभयो ।

नेकपाका स्थानीय नेता राम केसी र चक्र पुुनले भावना, आग्रह र पूूर्वाग्रहबाट टाढा भएर आफ्नो भूगोलमा काम गर्ने पार्टी र उमेद्वार चिनेर मतदान गर्न आग्रह गर्नुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...