प्रभा माविमा १६ कोठे भवन निर्माण

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको प्रभा माविको नयाँ भवन निर्माण भएको छ ।

संघीय सरकारको करिब रु. चार करोड अनुदानमा अन्नपूर्ण गाउँपालिकाले तीन तले भवन निर्माण भएको छ । जयलक्ष्मी÷अभियान जेभीले वि.स. २०८० मा रु. तीन करोड ८४ लाख १८ हजार नौ सय सातमा ठेक्का सम्झौता गरेको थियो ।

निर्माण कम्पनीले निर्धारित समय २०८२ पुष महिनाभित्रनै भवन निर्माण सकेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तेज गुरुङले जानकारी दिनुभयो । भुकम्प प्रतिरोधी क्षमताको भवनमा १६ वटा कोठा रहेका छन् ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

आर्थिक वर्ष २०८१÷०८२ मा संघीय सरकारले शिषेष अनुदान शिर्षकमा बजेट बिनियोजन गर्न छुटाएपछि रोकिएको निर्माण कार्यलाई चालु आर्थिक वर्षमा बाँकी रु. एक करोड ८४ लाख बिनियोजन भएपछि पूर्णता पाएको अध्यक्ष गुरुङले बताउनुभयो ।

निर्धारित समयमै भवन निर्माण सकिएपनि सरकारले बजेट निकासा नदिएकाले ब्यवसायीले भुक्तानी नपाएको गुनासो गरेका छन् । हालसम्म रु. दुई करोड बजेट खर्च भएको योजनाका लागि चालु आर्थिक वर्षमा बिनियोजन भएको बजेट निकाशा प्राप्त भएको छैन् ।

प्रभा माविमा सञ्चालित इलेक्ट्रिकल इञ्जिनियरिङ विषयको पठनपाठनका लागि नयाँ भवन निर्माण भएको हो । कक्षा १२ सम्मको पठनपाठन हुने विद्यालयमा एक सय ६५ जना विद्यार्थी रहेका छन् । नयाँ भवन निर्माण भएपछि पठनपाठन सहज भएको प्रअ दुर्गालाल रोकाले बताउनुभयो ।

भवनको गत हप्ता अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुन, वडा अध्यक्ष लोकबहादुर पुन र व्यवस्थापन समितिका अध्यक्ष तेज गुरुङले उद्घाटन गर्नुभएको थियो । प्रभा माविमा वि.स. २०७६ देखि प्राबिधिक धारतर्फ इलेक्ट्रिकल इञ्जिनियर बिषयको पठनपाठन हुदै आएको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...