म्याग्दीमा कुष्ठरोग उन्मुलन

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी ः म्याग्दीमा कुष्ठरोग उन्मुलनको अवस्थामा रहेको छ । ७३ औ विश्व कुष्ठरोग दिवसको अवसरमा प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीले आइतबार बेनीमा आयोजना गरेको कार्यक्रममा जिल्लामा कुष्ठरोग उन्मुलनको अवस्थामा पुगेको जानकारी गराइएको हो ।

कार्यालयका प्रमुख भुवन ठकुराठीका अनुसार प्रति दश हजार जनसंख्यामा एक जना भन्दा कम कुष्ठरोगी भएमा उन्मुलन भएको मानिने मापदण्ड रहेको छ ।

“एक लाख जनसंख्या भएको म्याग्दीमा पछिल्लो पाँच वर्षयता मापदण्ड भन्दा कम संख्यामा कुष्ठरोगी पहिचान भएको आधारमा उन्मुलनको अवस्थामा छ,” उहाँले भन्नुभयो “रोगी पहिचान गरि उपचारको दायरामा ल्याउनुका साथै भेदभाव र लान्छना विरुद्ध सचेतनामुलक निरन्तरता दिएका छौ ।”

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

चालु आर्थिक वर्ष २०८२÷०८३ को हालसम्म मालिका गाउँपालिकामा एक जना मात्र कुष्ठरोगी पहिचान भएका छन् । गत वर्ष पहिचान भएका तीन सहित चार जना नियमित उपचारमा छन् ।

आर्थिक वर्ष २०७७÷०७८ मा सात जना, २०७८÷०७९ मा शून्य, २०७९÷०८० मा तीन जना, २०८०÷०८१ र २०८१÷०८२ मा पाँच÷पाँच जना कुष्ठरोगी पहिचान भएका प्रदेश जनस्वास्थ्य कार्यालय, म्याग्दीका सूचना अधिकारी गणेश सुवेदीले जानकारी दिनुभयो ।

प्रदेश अस्पताल बेनीका प्रमुख डा. हेमन्त बास्तोलाले कुष्ठरोगको पहिचान समयमै भएर उपचार गरेमा रोग निको हुने र कुष्ठरोगका कारण हुन सक्ने अपाङ्गतालगायत स्वास्थ्य समस्या समेत नहुने भएकाले लक्षण देखिएका र पहिचान भएका बिरामीले उपचार गराउनुपर्ने बताउनुभयो ।

प्रदेश अस्पताल बेनीमा छाला सम्बन्धी चिकित्सकको ब्यवस्था भएमा रोग पहिचानका पोखराको हरियोखर्क अस्पताल पठाउनुपर्ने अवस्था हट्ने उहाँले बताउनुभयो । चालु आर्थिक वर्षमा भेटिएको नयाँ बिरामी मालिका गाउँपालिकाको रहेकाले दरबाङ आधारभूत अस्पतालमा र पर्वत जिल्लाका दुई जना पुरानो बिरामीले बेनी अस्पतालमा औषधी लिने गरेका छन् ।
कतिपय रोगीले सामाजिक बहिस्कार र वंशानुगत रोगका रूपमा बुझ्दा रोकथाममा समस्या परेको छ । माइकोब्याक्टचोरिया लेप्रे नामक कीटाणुबाट सर्ने यो रोगको औषधी उपचार निःशुल्क छ ।
कुष्ठरोगको लक्षण देखिएमा छालामा असर गर्दा रातो वा हल्का फुस्रो रङको दाग देखिने, अनुहारमा छाला बाक्लो हुने, गिर्खा देखा पर्छ भने स्नायुमा असर गर्दा हातखुट्टामा छुँदा थाहा नपाउने तथा मांसपेशी कमजोर हुने गर्दछन् ।
बिरामीले पाउने औषधी निःशुल्क पाउनुका साथै औषधी लिन आउदाको समयमा यातायात खर्च समेत पाइने भएकाले पनि उपचारका लागि जानुपर्ने बताइएको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...