दरवाङमा तेस्रो म्याग्दी कप भलिबल प्रतियोगिता सम्पन्न

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी ः म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा तेस्रो म्याग्दी कप –२०८२ ‘यु’ २० महिला÷पुरुष तथा शिक्षक भलिबल प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।

म्याग्दी जिल्ला भलिबल संघ म्याग्दीको आयोजनामा चार दिनसम्म सञ्चालन भएको प्रतियोगिताको सबै बिधामा ३५ टिमको सहभागिता थियो । १४ समूहले सहभागिता जनाएको छात्र भलिबलमा मुक्तिमार्ग घार बिजेता र धनजनता मावि फलियागाउँ उपबिजेता भएका छन् ।
सात समुह सहभागी छात्रा भलिबलमा बेनीको प्रकाश मावि बिजेता र बाबियाचौरको मंगला मावि उपबिजेता भएका म्याग्दी जिल्ला भलिबल संघका महासचिव कुमार किसानले जानकारी दिनुभयो । छात्र र छात्रा भलिबलको बिजेता र उपबिजेतालाई ट्रफी, मेडल र प्रमाणपत्र सहित रु. ५० हजार र २५ हजार नगद पुरस्कार प्रदान गरिएको छ ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

महिला शिक्षकहरुको भलिबलमा पाउद्धार मावि बिजेता र माउन्ट एभरेष्ट आवासीय मावि उपबिजेता भएका छन् । पुरुष शिक्षकहरुको प्रतिस्पर्धामा डनिङ आवासीय मावि बिजेता र हेम नमुना आवासीय मावि उपबिजेता भएका छन् ।

बिजेतालाई रु. २५ हजार र उपबिजेतालाई रु. १३ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिता सञ्चालनका लागि गौमती खत्री विकास कोषका संस्थापक लालबहादुर केसीले रु. दुई लाख सहयोग गर्नुभएको म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाले जानकारी दिनुभयो ।

बिजयी खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठ, गौमती खत्री विकास कोषका सन्दिप खत्री (केन), म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष बानिया लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...