रत्नेचौरमा माघ १६ मा बृहत सांस्कृतिक कार्यक्रम हुदै

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

रत्नेचौर । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा यही माघ १६ गते सहिद दिवसका दिन वृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

रत्नेचौर जागरण समूह लगायत संघ संस्थाहरुको आयोजनामा रत्नेचौरको प्रचारप्रसार र पर्यटन प्रर्वद्धन तथा कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
स्वदेश तथा विदेशमा रहेका रत्नेचौरबासीहरुबाट सहयोग जुटाएर लोक गायक गायिकाहरुको उपस्थितिमा सांस्कृतिक कार्यक्रम गर्न लागिएको स्थानीय अगुवा नेत्र महतले जानकारी दिनुभयो ।

कार्यक्रममा इन्द्रेणीको समूहले गित प्रस्तुत र कार्यक्रम छायांकन समेत हुनेछ् । उक्त कार्यक्रमको मुख्य प्रयोजक भिमकुमारी स्मृति कोषबाट रु. दुई लाख सहयोग प्राप्त भएको छ । केही वर्षअघिसम्म रातो माटो र कृषि उत्पादनमा आश्रित रत्नेचौर पर्यटकीय गाउँका रूपमा चिनिन थालेको छ । कात्तिकदेखि माघसम्म यहाँ आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गर्दछ ।

Shreekrishna

कात्तिक–मङ्सिरमा रत्नेचौरको फाँटमा झुलेका धानसँगै पृष्ठभूमिमा धवलागिरि हिमाल, म्याग्दी, बागलुङ र पर्वतका ग्रामीण भेगको दृश्यावलोकन तथा पुस–माघमा पहेँलै फुलेको तोरीको आकर्षक दृश्य हेर्दै रमाउन र वनभोज खानका लागि यहाँ पर्यटकको भीड लाग्ने गर्छ ।

सदरमुकाम बेनी र बागलुङको बीचमा रहेको रत्नेचौरको तोरी बारीमा रमाउँदै टिकटक र भिडियो बनाउन आउनेहरुको चहलपहल बढेको स्थानीय शंकर महतले बताउनुभयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

उत्तरतिर हेर्दा चाँदीझैँ टल्किने सेता हिमशृङ्खला । पूर्वतर्फ मोहोडा भएको समथर फाँटमा पहेँलै भएर फुलिरहेको तोरी र फाँटको बीचमा चिटिक्क परेको कालोपत्र सडकमा रमाउन पर्यटक आउने गरेका हुन् । अहिले पहेँलपुर तोरीबारीले रत्नेचौर झकिझकाउ बनेको छ ।

रत्नेचौरबाट संसारको सातौँ अग्लो धवलागिरि हिमाल (८,१६७ मिटर) स्पष्ट देखिन्छ । यस्तै, समथर भूभागमा फुलेका तोरीबारीसँगै बेनी–बागलुङ सडकखण्डको कालोपत्र गरिएको चिल्लो सडकले थप आकर्षण प्रदान गरेको छ ।

तोरीबारीमा मौरी र भमरा रस चुस्दै गरेका रमाइला दृश्यले गाउँलाई जीवन्त बनाएको छ । बारीको छेउकुना तथा सडकको दायाँबायाँ मानिस तोरीबारी र हिमाल हेर्दै रमाइरहेका देखिन्छन् ।

पहेलँै फुलेको तारीको बीचबीचमा हुर्कँदै गरेको गहुँको हरियालीले यहाँ आउने सबैको ध्यान खिचेको छ । रत्नेचौर फाँटमा गहुँ र तोरी झुलिरहेको छ । झुलिरहेको गहुँ र तोरीको सौन्दर्यमा युवायुवती र सर्वसाधारण टिकटक बनाउन, नाच्दै रमाउन व्यस्त छन् ।

शुक्रबार, शनिबार र सार्वजनिक बिदामा अन्य दिनमा भन्दा बढी भीड लाग्ने गरेको छ । पर्यटकको भिडले गर्दा तोरी र गहुँबालीमा क्षति हुने गरेको स्थानीयबासीले गुनासो पनि गरेका छन् । तोरी र गहुँको खेतभित्र नपसिदिन पनि स्थानीयको आग्रह छ ।

रत्नेचौर र बागलुङको कुडुले (फेदी) जोड्ने तीनसय ८८ मिटर लामो झोलुङ्गे पुल पनि यहाँ आउने पर्यटकका लागि अर्को आकर्षण बनेको छ । वरिपरिको हरियाली तथा मुसुक्क मुस्कुराइरहेको धवलागिरि हिमालको दृश्यका साथै समथर फाँटको पहेँलपुर तोरीले पर्यटन प्रवद्र्धन गर्नुका साथै स्थानीयको व्यापारमा पनि सघाएको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...