बेनीका समिर र यास्मीनले दश वर्षको प्रतिक्षापछि नागरिकता पाउनुभयो

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी ः बेनी नगरपालिका–७ का समिर खान र यास्मीन बेगमले एक दशकको प्रतिक्षापछि नागरिकता प्राप्त गर्नुभएको छ ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीले मंगलबार समिर र यास्मीनलाई नागरिकता उपलब्ध गराएको हो । नागरिकताका लागि समिरले ११ वर्ष र यास्मीनले आठ वर्षअघि प्रशासन देखि गृह मन्त्रालयसम्म सबै प्रक्रीया पुरा गरेर आवेदन पेश गर्नुभएको थियो ।
नागरिकता ऐन, २०६३ को दोस्रो संसोधन २०८२ तथा नियमावलीको चौथो संसोधन २०८२ अनुसार समिर र यास्मीनलाई अंगिकृत नागरिकता प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताउनुभयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

समिर र यास्मीनका आमा मनिरजा नेपाली हुनुहुन्छ भने उहाँका श्रीमान सलिम खान भारतको कलकत्ताका सलिम खानबीच ३४ वर्षअघि बिवाह भएको थियो । बेनीमा ऋङ्गार व्यवसाय गर्दै आएका समिमले भारतको नागरिकता त्यागेर वि.स. २०५२ र २०६४ मा नेपालमा भएका निर्वाचनमा मतदान पनि गर्नुभएको थियो ।

Shreekrishna

साविक अर्थुङ्गे गाविसमा जन्मदर्ता भएका, उच्च शिक्षा हासिल गरेका समिर र यास्मीनले नागरिकता नपाएका कारण पेशा, ब्यवसाय गर्न र जागिर खान तथा वैदेशिक रोजगारीमा जानबाट बञ्चित हुनुभएको थियो । नागरिकता प्राप्त भएपछि बल्ल नागरिक भएको महशुस गरेको समिर र यास्मीनले प्रतिक्रिया दिनुभयो ।

नेपाल नागरिकता (चौथो संसोधन) नियमावली, २०८२ राजपत्रमा प्रकाशन गरेसँगै नागरिकता ऐन २०६३ को व्यवस्था कार्यान्वयनमा आएको हो । यसअघि पुष २९ गते मालिका गाउँपालिका–५ देविस्थानकी २२ वर्षीया सिमा पुनलाई जिल्लामै पहिलो पटक आमाको नामबाट नागरिकता प्रदान गरिएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...