जलजलालाई बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणाको तयारी

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

लामाखेत। पर्वतको जलजला गाउँपालिकालाई बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणाको लागि जनप्रतिनिधी र सरोकारवालाहरुले बुधबार सामुहिक प्रतिवद्धता जनाएका छन् ।
गाउँपालिकाले लामाखेतमा आयोजना गरेको बालमैत्री स्थानीय शासन सम्बन्धी बृहत अभिमुखीकरण कार्यक्रममा सहभागी गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य, उपाध्यक्ष दिपक आचार्य, प्रमुख प्रशासकीय अधिकृत खगराज गौतम, वडा अध्यक्ष, कार्यपालिका सदस्य र सरोकारवालाहरुले प्रतिवद्धतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

Shreekrishna

कार्यक्रममा बागलुङ नगरपालिकाका शिक्षा अधिकृत धनप्रसाद पोखरेलले बालमैत्री स्थानीय शाषन सम्बन्धी अवधारणा, चरण र मापदण्डका विषयमा सहजिकरण गर्नुभएको थियो । संघीयता पछाडी बालमैत्रीका विषयलाई समयानुकूल परिमार्जन गर्दै वि. सं. २०७८ मा सुचकहरुमा समेत हेरफेर गरी नयाँ निर्देशीका कार्यान्वयनमा ल्याइएको छ ।
पछिल्लो निर्देशिकाले वि.सं. २०८७ सम्म सबै पालिकालाई बालमैत्रीले तोकेका सूचकहरु पुरा गरि बालमैत्री घोषणा गरिसक्ने लक्ष्य राखेको छ । स्थानीय तहलाई बालमैत्री बनाउन जन्मदर्ता, सुरक्षित प्रसुति सेवा, विद्यालय भर्ना, टिकाईदर, पूर्वाधार र भौतिक संरचनाहरुसँग सम्बन्धी मापदण्डहरु पुरा गर्नेपर्ने कार्यबिधी छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...