म्याग्दीमा माओवादीले धु्रब घिमिरेलाई टिकट दियो

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी। नेत्रविक्रम चन्द् (विप्लप) नेतृत्वको नेकपा माओवादीले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ म्याग्दीमा धु्रब घिमिरेलाई उमेद्वार बनाएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

पोलिटब्युरो सदस्य तथा म्याग्दी जिल्ला ईञ्चार्ज घिमिरेलाई आइतबार पोखरामा नेकपा माओवादीका नेताहरुले टिकट हस्तान्तरण गर्नुभयो । बेनी नगरपालिका–२ बगरफाँटका घिमिरे म्याग्दी बहुमुखी क्याम्पसको पुर्व स्ववीयु सभापति हुनुहुन्छ ।

माओवादी नेतृत्वमा सञ्चालन भएको दश वर्षे जनयुद्धमा भूमिगत भएका घिमिरे पहिलो पटक संसदीय चुनावमा प्रतिस्पर्धा गर्न लाग्नुभएको हो । नेकपा माओवादीले संसदीय प्रतिस्पर्धालाई उपभोग गर्ने नीति लिएपछि घिमिरे चुनावी प्रतिस्पर्धामा भाग लिने हुनुभएको हो । विप्लपले वि.स. २०७०, २०७४ र २०७९ को चुनाव बहिस्कार गरेका थिए ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...