नेकपाले मुस्ताङमा ङुटुक गुरुङलाई टिकट दियो

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि मुस्ताङमा ङुटुक गुरुङलाई उमेद्वार बनाएको छ ।

काठमाडौमा नेकपाका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) र सहसंयोजक माधवकुमार नेपाल लगायतका नेताहरुले शनिबार मुस्ताङमा ‘टाइगर’को पहिचान बनाएका गुरुङलाई मनोनयनका लागि पार्टीको तर्फबाट टिकट हस्तान्तरण गर्नुभयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

खेलाडी र निर्माण ब्यवसाय पृष्ठभूमिका ङुटुक पछिल्लो समय मुस्ताङमा धेरै स्याउ बिक्री गर्ने कृषि फार्मका सञ्चालक हुनुहुन्छ । उहाँले स्याउ खेतीका साथै च्याङग्रापालन पनि गर्नुभएको छ । साविक नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य रहेका ङुटुक यसअघि वि.स. २०७० को संविधानसभा सदस्यमा पनि उमेद्वार बन्नुभएको थियो ।

Shreekrishna

संविधानसभा सदस्यमा निर्वाचित काँग्रेसका रोमी गौचन थकालीसँग ङुटुक र त्यसबेलाका स्वतन्त्र उमेद्वार प्रेम तुलाचन (वि.स. २०७४ मा एमालेबाट प्रतिनिधीसभा सदस्य निर्वाचित)बीच कडा प्रतिस्पर्धा भएको थियो । पाँच वटा स्थानीय तह र एक निर्वाचन क्षेत्र रहेको मुस्ताङमा नेकपा बाहेक अन्य दलहरुले उमेद्वार टुङ्गो लगाउन बाँकी छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...