प्रशासनमै राहदानी र राष्ट्रिय परिचयपत्रको निशूल्क फारम भरिदिने ब्यवस्था

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

म्याग्दी, ः जिल्ला प्रशासन कार्यालय, म्याग्दीले राहदानी र राष्ट्रिय परिचयपत्रको अनलाइन फारम निशूल्क भरिदिन थालेको छ ।

कार्यालयमा नागरिक सहायता कक्ष स्थापना गरेर १० प्रकृतिका सेवालाई कार्यालयबाटै निशूल्क उपलब्ध गराउने र अपाङ्गता भएका, गर्भवति, दूधे बच्चा भएका, जेष्ठ नागरिक र टाढाबाट आएका सेवाग्राहीलाई प्राथमिकता दिएर सेवा उपलब्ध गराउने ब्यवस्था मिलाएको हो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

राहदानी र राष्ट्रिय परिचयपत्रको अनलाइन फारम भरिदिने, सबै प्रकारका निवेदन र फारम उपलब्ध गराउने तथा भरिदिने, फोटोकपी, प्रिन्ट, स्क्यान र इमेल मार्फत पत्राचारको सुविधा निशूल्क उपलब्ध गराउन थालिएको प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले जानकारी दिनुभयो ।

Shreekrishna

“नागरिकले परिवर्तनको महशुस गर्ने गरि सेवा प्रवाहलाई सहज र सरल बनाउने प्रयास गरेका छौ,” उहाँले भन्नुभयो “सामान्य कामका लागि पनि सेवाग्राहीहरुलाई कार्यालय बाहिर जानुपर्ने र अनावश्यक खर्च गर्नुपर्ने अवस्था अन्त्य गरेका छौ ।”

सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले मौसम अनुसारको विपद्को घटनाको प्रतिकार्यका लागि विपद पात्रो तयार पारिएको जानकारी दिनुभयो । आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनलाई लक्षित गरेर मतदान स्थल निरिक्षण, वर्गीकरण र सुरक्षा योजना तयार पारिएको उहाँले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...