सरस्वती आधारभूतका विद्यार्थीलाई शैक्षिक सामग्री र पोशाक वितरण

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, । लायन्स क्लव अफ फिस्टेल सिटी स्टार पोखराले म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटमा अवस्थित सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत ६१ जना विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्री र विद्यालय पोशाक वितरण गरेको छ ।

बुधबार विद्यालयमा आयोजित एक कार्यक्रममा क्लवका सामाजिक सेवा अभियन्ता गोपाल घिमिरेको संयोजनमा गण्डकी प्रदेशका विभिन्न गाउँहरुबाट पोखरामा गइ बसोवास गरेका व्यक्तिहरुको सहयोगमा शैक्षिक, खेलकुद सामग्री, स्वच्छ खानेपानीका लागि वाटर डिस्पेन्सर तथा विद्यालय पोशाक वितरण गरिएको हो ।

स्थानीयवासी समेत रहनुभएका घिमिरे पोखराका विभिन्न सामाजिक तथा परोपकारी संस्थाहरुमा आवद्ध हुनुहुन्छ । घिमिरेकै संयोजनमा गत वर्ष म्याग्दीकै फापरखेतमा रहेको खड्गभवानी विद्यालयका विद्यार्थीहरुलाई पनि शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण गरिएको थियो ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

क्लवले यस वर्ष पनि म्याग्दीको सरस्वती आधारभूत विद्यालयका साथै पोखरा उपमहानगर पालिका ९ सुकुमवासी टोलमा रहेको सहारा विद्यालय प्याड दिस्पोजल मेशिन, पुम्दीभुम्दीको युवाज्योति आधारभूत विद्यालय र अन्नपूर्ण कास्कीको बालज्योति आधारभूत विद्यालयमा विद्यालय पोशाक, स्टेशनरी र खेलकुद सामग्री वतरण गरेको अभियन्ता घिमिरेले जानकारी दिनुभयो ।

दलित र विपन्न समुदायका विद्यार्थीहरुले अध्ययन गर्ने विद्यालयमा क्लवको तर्फबाट संयोजन गरी शैक्षिक तथा खेलकुद सामग्री,विद्यालय पोशाक लगाएतका सामग्री पाएपछि विद्यार्थीहरुलाई सहज हुने विद्यालयका प्रधानाध्यापक छमप्रसाद गर्बुजाले बताउनुभयो ।

क्लवका सबनम अधिकारीको अध्यक्षता, डिस्ट्रक सेक्रेटरी जगन्नाथ तिमिल्सिनाको प्रमुख आतिथ्यता, बेनी नगरपालिका २ का वडाअध्यक्ष यामबहादुर कार्कीको विशेष आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय समाजसेवी कृष्णबहादुर थापा, चन्द्रबहादुर घिमिरे, विद्यालयका प्रधानाध्यापक छमप्रसाद गर्बुजाले मन्तव्य राख्नुभएको थियो । क्लवका सचिव सविता शर्माले संचालन गरेको कार्यक्रममा अभियन्ता घिमिरेले उपस्थित विद्यार्थी,अभिभावक र अन्य अतिथीहरुलाई स्वागत गर्नुभएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...