बेनीमा चित्रकला कार्यशाला

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी ः म्याग्दीको बेनीमा बुधबार चित्रकला कार्यशाला सम्पन्न भएको छ । कार्यशालामा सहभागी चित्रकारहरुले म्याग्दीका धार्मिक पर्यटकीय स्थलहरुलाई चित्रमा उतारेका छन् ।

म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यम विकास समितिले आयोजना गरेको कार्यशालामा म्याग्दी र बागलुङका १२ जना चित्रकारहरु सहभागी हुनुभएको थियो ।

माघे संक्रान्ति मेला, खाना महोत्सव र कृषि मेला प्रर्दशनीको अवसरमा कलाको माध्यमबाट धार्मिक पर्यटकीय स्थलहरुको प्रचारप्रसार र पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले चित्रकला कार्यशाला आयोजना गरिएको समितिका सभापति अम्बिका श्रेष्ठले बताउनुभयो ।

Shreekrishna

“चित्र कोर्ने क्षमता भएकाहरुको प्रतिभा पहिचान र अग्रज चित्रकारहरुको प्रोत्साहनका साथै कलाको माध्यमबाट पर्यटकीय स्थललाई चिनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो,” उहाँले भन्नुभयो “जिल्लामै पहिलो पटक आयोजना गरिएको एक दिने कार्यशाला उपलब्धीमुलक भएको छ ।”

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

सहभागीहरुले आयोजकले उपलब्ध गराएको तस्विर हेरेर पुनहिल, रुप्से झरना, ताकमकोत, भगवतिकोत, मालिका धुरी, झाँक्रीपानी, लभ्लीहिल, महारानीथान, करबाकेली थान, मालिका धुरीलगायतका स्थलहरुको आकर्षक र मनमोहक चित्र कोरेका थिए ।

म्याग्दीको मंगला गाउँपालिका–३ पखेर घर भएका ललितकला क्याम्पसका उपप्रध्यापक पकबहादुर थापाको अगुवाईमा कार्यशाला भएको हो । “तस्विरलाई हेरेर आफ्नो मनको भावना सहित विभिन्न रंगहरुमा चित्र तयार पारेका छौ,” उहाँले भन्नुभयो “धार्मिक र पर्यटकीय स्थलको प्रचारप्रसारका साथै संस्कृतिको जगेर्नाका लागि कार्यशाला उपभोगी भएको छ ।”

कार्यशालामा सहभागी चित्रकार ललिन्द्र थापाले अग्रज कलाकारहरुबाट सिक्न र समकालिनहरुबीच अनुभव आदानप्रदान गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । कला कार्यशालालाई निरन्तरता दिन सकेमा प्रतिभाहरुलाई प्रोत्साहन मिल्ने थापाको भनाई छ ।

मङ्गला गाउँपालिका–२ का रुपेश कार्कीले कार्यशालामा सहभागी भएर चित्र कोर्दा दिन बितेको पत्तै नपाएको अनुभव सुनाउनुभयो । घरको कोठा र स्थलगत रुपमा पुगेर तयार पार्दै आएका कार्कीका लागि कार्यशाला पहिलो हो । चित्रकारहरुसँग चिनजान, अनुभव र सहयोग आदानप्रदानको आधार बनेको कार्कीले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...