बेनीमा ११ औ माघे संक्रान्ति मेला, खाना महोत्सव तथा कृषि मेला प्रर्दशनी सुरु

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, ः माघे संक्रान्ति पर्वको अवसरमा बुधबारदेखि म्याग्दीको जिल्ला सदरमुकाम बेनीमा खाना महोत्सव एवं कृषि मेला प्रर्दशनी सुरु भएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यम विकास समितिले आयोजना गरेको माघ ३ गतेसम्म सञ्चालन हुने मेला, महोत्सव र प्रर्दशनीको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गर्नुभयो ।

बेनीमा परम्परागत रुपमा लाग्ने माघे संक्रान्ति मेलाको जगेर्ना, स्थानीय खाना, कला संस्कृतिको संरक्षण र सम्र्बद्धन, आन्तरिक तथा बाह्य पर्यटक प्रर्वद्धन, प्रतिभा पहिचानका साथै आर्थिक गतिबिधिलाई चलायमान बनाउन महोत्सव आयोजना गरिएको समितिका सभापति अम्बिका श्रेष्ठले बताउनुभयो ।

Shreekrishna

स्थानीय उद्यमी, कृषक र औद्योगिक उत्पादनका ५० वटा स्टल रहेको छ । महोत्सवमा खाना खाने, पेन्टिङ, लोक नृत्य, कृषि तथा पशुजन्य बस्तुको प्रर्दशनी, परम्परागत खेल, झाँकीको साथै कलाकारहरुको प्रस्तुति रहने श्रेष्ठले जानकारी दिनुभयो ।

महिला उद्यमीहरुबीच बच्चाको टोपी, दुना टपरी र बाटेको धुप बनाउने प्रतियोगिता आयोजना गरिएको छ । कृषि विकास कार्यालयले फलफुल, तरकारी, खाद्यबालीको प्रतियोगिता आयोजना गरेको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना


महोत्सवमा स्थानीय उत्पादनको बिक्री र प्रर्दशनी कक्ष रहेका छन् । स्थानीय उत्पादनको स्टल र प्रवेश निशूल्क गरिएको महिला उद्यम विकास समितिका महासचिव प्रमिला जोशी श्रेष्ठले बताउनुभयो । महोत्सव उद्घाटन अघि बेनीमा म्याग्दीमा बसोबास गर्ने विभिन्न जातजाती र समुदायको मौलिक पहिचान झल्कने झाँकी सहितको ¥याली निकालिएको थियो ।

स्टलभाडा, प्रायोजक र सहयोग मार्फत आर्थिक सहयोग जुटाएर निशूल्क महोत्सव अवलोकनको ब्यवस्था मिलाएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । यसअघिको मेला महोत्सवमा अवलोकनका लागि आउनेहरुबाट टिकट बेचेर शूल्क लिने गरिएको थियो ।

म्याग्दी उद्योग वाणिज्य संघले हरेक तीन÷तीन वर्षमा महोत्सव आयोजना गर्छ । संघ अन्र्तगतको महिला उद्यम विकास समितिले महोत्सव नहुँदाको वर्ष माघे संक्रान्ति मेला सञ्चालन गर्दै आएको छ ।

म्याग्दीमा बाहूल्य बसोबास रहेको मगर समुदायले माघे र साउने संक्रान्ति पर्वलाई विशेष महत्वका साथ मनाउने गर्दछन् । अल्पंख्यक छन्त्याल समुदायको सबैभन्दा ठूलो पर्व पनि माघे संक्रान्ति हो ।

साउन संक्रान्तिलाई हिउँद र माघे संक्रान्तिलाई बर्खा शुरु भएको दिनका रुपमा मगर समुदायले धुमधामका साथ मनाउने चलन रहेको छ । म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको म्याग्दीको सदरमुकाम बेनी बजारमा दुई सय वर्षअघि बस्ती बसेदेखिनै माघे संक्रान्ति पर्वको अवसरमा मेला लाग्ने गर्दथ्यो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...