
बेनी ः बेनीमा यही माघ २ देखि ४ गतेसम्म जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय स्तरीय छात्र÷छात्रा भलिबल प्रतियोगिता हुने भएको छ ।
बेनी सामुदायिक माध्यमिक विद्यालयले आयोजना गरेको ‘बिसिएसएस’ कप भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । बेनी सामुदायिक माविका प्रअ भिम घर्तीले बुधबार बिहानसम्म छात्रतर्फ २१ र छात्रातर्फ ११ वटा विद्यालयले नाम दर्ता गराइसकेको जानकारी दिनुभयो ।

बेनी सामुदायिक मावि र मंगलाघाटमा रहेको खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताको लागि खेलमैदान तयार, प्रचारप्रसार, आर्थिक सहयोग संकलन र व्यवस्थापकीय तयारी अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।

प्रतियोगितामा छात्र र छात्रा भलिबलको पुरस्कार राशी समान रहेको विद्यालयले जनाएको छ । ट्रफी, मेडल र प्रमाणपत्र सहित बिजेतालाई रु. ६० हजार र उपबिजेतालाई रु. ४० हजार पुरस्कार प्रदान गरिने विद्यालयले जनाएको छ ।

